स्थापना दिवसमा प्रेस युनियन चितवनद्वारा भोजन सेवा

चितवन, १३ जेठ ।
श्रमजीवी पत्रकारहरूको साझा संस्था नेपाल प्रेस युनियनको ३५औँ स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन चितवन शाखाले सहयोगापेक्षी आमा–बुबालाई भोजन सेवा गर्दै दिवस मनाएको छ ।

भरतपुर–९ स्थित चितवन मानव सेवा आश्रममा आश्रित ४५ जना भन्दा बढी सहयोगापेक्षी आमा–बुबालाई भोजन गराएर शाखाले स्थापना दिवसलाई सामाजिक सेवासँग जोडेको हो ।

कार्यक्रममा बोल्दै प्रेस युनियन चितवन शाखाका अध्यक्ष अनिल ढकालले नेपाल प्रेस युनियनको इतिहास तथा श्रमजीवी पत्रकारहरूको हकहितका लागि संस्थाले पुर्‍याउँदै आएको योगदानबारे चर्चा गर्नुभयो । उहाँले स्थापना दिवसको अवसरमा सम्पूर्ण श्रमजीवी पत्रकारहरूमा शुभकामना पनि व्यक्त गर्नुभयो ।

त्यसैगरी, चितवन मानव सेवा आश्रमका कार्यवाहक अध्यक्ष बिनोद ढकालले सामाजिक कार्यमार्फत स्थापना दिवस मनाएकोमा प्रेस युनियनलाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रेस युनियन चितवन शाखाका उपाध्यक्ष सिन्धु ढकाल, बागमती प्रदेश महासचिव पूर्ण शर्मा, शाखाका सल्लाहकार सूर्य अधिकारी तथा सदस्यहरू सुदन पौडेल र सुरेन पौडेललगायतको सहभागिता रहेको थियो ।

नेपाल प्रेस युनियन चितवन शाखाले हरेक वर्ष स्थापना दिवसको अवसरमा विभिन्न सामाजिक तथा परोपकारी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट