लकडाउनमा कुनै पनि वस्तुको अभाव हुन दिइन्न: महानगर

चैत १३, भरतपुर
भरतपुर महानगरपालिकाले लकडाउनको अवधिभर नागरिकहरूलाई कुनै पनि कुराको अभाव हुन नदिने बताएको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न चैत ११ गतेदेखि सरकारले सुरु गरेको लकडाउनभर जनतालाई खाद्यान्य वा अन्न कुनै पनि कुराको अभाव महसूस हुन नदिने महानगरपालिकाले बताएको हो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम राज जोशीले लकडाउनले अत्यावश्यक सामग्रीको ढुवानीलाई प्रभाव नपार्ने बताए । औषधि तथा खाद्यान्य लगायतका सामग्री बिक्री वितरण गर्ने पसललाई भने बन्द गर्न अनिवार्य नरहेको उनले बताए ।

यद्यपि संक्रमणको भयका कारण किराना तथा औषधि पसल पनि धमाधम हुन थालेका छन् । उच्च वर्गका स्थानीयहरूले खाद्यान्यको भण्डारण गरेर राखिसकेका भए पनि अधिकांश निम्न वर्गीय लकडाउनको चपेटामा पर्ने देखिएको छ । ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने वर्गका मानिसहरूलाई खाद्यान्यको अभाव देखिन सक्ने अनुमान गरिएको छ ।

“लकडाउनका कारण कुनै पनि नागरिकलाई भोकभोकै मारिँदैन”, प्रमुख प्रशासकीय अधिकृत जोशीले भने, “कसैलाई साँच्चै नै खानाको अभाव भएको छ भने उसलाई महानगरपालिकाले हेर्छ, ढुक्क हुनुहोस् ।” यस्तै सुरुवाती दिनमा लकडाउन उल्लंघनका घटना भएपनि तेश्रो दिन भने त्यस्ता घटना नभएको जोशीले जानकारी दिए । घरभित्र बसेर आफ्नो सुरक्षा गरी विषम परिस्थितिमा सरकारलाई साथ दिन उनले सबैसँग आग्रह गरेका छन् ।

यता गृह मन्त्रालयले पनि थोक तथा खुद्रा पसल सञ्चालकरूलाई जनताका घरघरमा उपभोग्य सामग्रीको आपुर्ति गराउन निर्देशन गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट