चितवनका होटल तथा स्कूललाई क्वारेन्टाइन बनाइदै, करिब २ सय कोठाको टुंगो

भरतपुर, १३ चैत
चितवनका विभिन्न होटल तथा स्कूलहरुले कोरोना संक्रमितका लागि क्वारेन्टाइन बनाउन स्वीकृति दिएका छन् ।

भरतपुर र आसपासका क्षेत्रका मात्रै करिब १ दर्जन होटलहरु तथा स्कूलहरुले क्वारेन्टाइन बनाउन स्वीकृति दिएका हुन् । आज बसेको क्वारेन्टाइन तथा जनसम्पर्क समितिको बैठकमा स्वीकृति दिएका होटलहरुलाई क्वारेन्टाइन बनाउने र आवश्यकताअनुसार थप गर्दै लैजाने सहमति भएको संयोजक अरुणपीडित भण्डारीले जानकारी दिए ।

समितिका सदस्य सचिव दिनेशकुमार चुकेले होटल र स्कूलगरी हालसम्म करिब २ सय कोठाहरुलाई क्वारेन्टाइन बनाउने स्वीकृति मिलेको बताए । उनका अनुसार होटल गंगोत्री, होटल तिरुपती, मुक्तिनाथ होटल, होटल न्यू हेवन, होटल गंगोत्री हाइवे, स्टार बेंक्वीट,दिपज्योती गेष्ट हाउसलगायतका होटलहरुले क्वारेन्टाइन बनाउन स्वीकृति दिएका छन् ।

त्यसैगरी, भरतपुरस्थित सनराइज स्कूल र बाल्मीकि स्कूलले पनि क्वारेन्टाइन बनाउन सहमति जनाएको चुकेले बताए । उनले आवश्यकता अनुसार क्वारेन्टाइन थप गर्दै लगिने बताए । चितवनमा २ हजार वटा कोठा निजी क्षेत्रबाच क्वारेन्टाइनका लागि उपलब्ध हुन सक्ने उनले बताए ।
समितिले उद्योग वाणिज्य संघ चितवनको अतिथि गृहलाई पनि क्वारेनाइन बनाउन आग्रह गर्ने निर्णय गरेको छ । अहिले नारायणगढस्थित होटल गंगोत्रीमा भरतपुर करोना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा प्राविधिकहरुको टोली बस्दै आएको छ ।

चितवनको पर्यटकीय नगरी सौराहाका व्यवसायीहरुले यसअघि नै होटलहरुलाई क्वारेन्टाइन बनाउन अनुमति दिने निर्णय गरिसक्का छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट