भरतपुर, १३ चैत
अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार पुगेको छ ।
हालसम्म ६९ हजार बढीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले विश्वव्यापी रुपमा महामारीको रुप लिएको छ । यसबाट अमेरिकासमेत प्रभावित बनेको हो ।





