कोरोना अस्पताललाई ५० थान पीपीई र ५० लिटर सेनिटाइजर सहयोग

भरतपुर, १३ चैत
लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बि टुले भरतपुरमा हालै सञ्चालनमा आएको भरतपुर कोरोना विशेष (अस्थाई) अस्पताललाई अत्यावश्यक सामाग्रीहरु आज उपलव्ध गराएको छ । क्लबका भाईस डिस्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले भरतपुर महानगरपालिकाका प्रमुख एवं अस्पतालका संयोजक रेनु दाहाललाई ती सामाग्री हस्तान्तरण गरे ।

क्लबले ५० थान पीपीई र ५० लिटर सेनिटाईजर अस्पताललाई हस्तान्तरण गरेको हो । भट्टका अनुसार ती सामाग्रीको मूल्य रु तीन लाख भन्दा बढी पर्दछ । सामाग्री हस्तान्तरण गर्दै उनले अत्यावश्यक भएकाले तत्काल यी सामाग्री उपलव्ध गराएको र आगामी दिनमा आवश्यकता अनुसार थप सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । सामाग्री ग्रहण गर्दै महानगर प्रमुख दाहालले यो अभियान साझा अभियान भएकाले सबैको साथ र सहयोगको अपेक्षा रहेको बताइन् ।
अस्पतालका सदस्य सचिव डा. भोजराज अधिकारीले अहिलेका अत्यावश्यक सामाग्रीहरु प्रदान गरेकोमा लायन्स क्लवलाई धन्यवाद दिदै यस अभियानमा जुट्न सबैमा आव्हान गरे ।

सामाग्री हस्तान्तरण गर्न भट्ट संगै क्लबका चिफ एड्भाईजर सिद्धार्थलाल चुके, दिननाथ न्यौपाने, सिनियर एड्भाईजर डा. शारदा कँुवर, बागेश्वरी लायन्सका पूर्ब अध्यक्ष पूर्णबहादुर श्रेष्ठ र नारायणगढ लायन्सका अध्यक्ष निरज श्रेष्ठ अस्पताल पुगेका थिए ।

अस्पताललाई यस अघि सिजि फाउण्डेसनले १० थान पीपीई उपलव्ध गराएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट