इटलीमा फूटबल खेलका कारण फैलियो कोरोना !

विश्वमा अहिले सबैभन्दा बढी कोरोना भाइरसकाे महामारी इटालीमा फैलिरहेको छ। इटालीमा पनि बेरगामो सहरलाई यसले सबैभन्दा बढी गाँजेको छ।

यसैबीच यही ठाउँका मेयर जर्जियो गोरीले फुटबल खेलकै कारण इटाली र स्पेनमा समेत कोरोना महामारी फैलिएको दाबी गरेका छन्।

युरोपेली च्याम्पियन्स लिगका क्रममा एटलान्टा र भ्यालेन्सियाबीच मिलानको सानसिरोमा भएको खेलकै कारण इटाली र स्पेनमा कोरोना भाइरसले महामारीको रूप लिएको उनको दाबी छ।

च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगको खेल गत फेब्रुअरी १९ मा भएको थियो। जुन हेर्न त्यस दिन सानसिरोमा ४४ हजारभन्दा बढी दर्शक सहभागी भएका थिए।

यसैकारण आफ्नो सहर बेरगामो कोरोना महामारीको सबैभन्दा मारमा परिरहेको मेयर गोरीले दाबी गरेको स्पेनी पत्रिका मार्काले छापेको छ।

मेयर गोरीको दाबी छ– त्यतिबेला भाइरस त्यस रंगशालामा पुगिसकेको थियो भने ४० हजार यसबाट संक्रमित भएको हुनु पर्छ। यो खेल हेरेपछि दुवै टिमका समर्थक आ-आफ्ना सहर फर्के र एकले अर्कोलाई भाइरस सार्ने काम गरे।

बेरगामाका चिकित्सकले पनि मेयर गोरीकै दाबीमा समर्थन गर्दै त्यही खेलबाट कोरोना संक्रमण बढेको बताएका छन्।

मेयर गोरीका अनुसार अनि भ्यालेन्सियाका समर्थकले कोरोना भाइरस आफूसँगै स्पेन पनि पुर्‍याए।

इटालीमा कोरोनाका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या ७ हजार नजिक पुगेको छ भने स्पनेमा ३ हजार पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट