युद्धमा ज्यानको बाजी लगाउने तिमीलाई देशकाे सलाम !

मनोज घिमिरे ११ चैत/विपत्ति कहिले प्राकृतिक बनेर आउँछ, कहिले स्वयं मानवका कारण । आज सिङ्गो बिश्वभरि जैविक हतियार प्रहार गरेजस्तै गरी फैलिएको नाेबेल काेराेना भाईरस (काेभिड १९) काे संक्रमण सम्पुर्ण मानव जातिका लागि बिश्वयुद्ध भन्दा सन्त्रासपूर्ण बनेकाे छ। हाल यस महामारीका विषयमा फरक-फरक देश र फरक-फरक व्यक्तिहरु आफ्ना-आफ्ना तर्क प्रस्तुत गरिरहेका छन् । खै यो […]
इटलीमा मृत्यु हुने डाक्टरको संख्या २३ पुग्यो, ४ हजार ८ सय २४ स्वास्थ्यकर्मी कोरोना संक्रमित

१० चैत/इटलीमा कोरोना भाइरसको महामारी सुरु भएयता यसका कारण मृत्यु हुने डाक्टरको संख्या २३ पुगेको छ । त्यहाँका डाक्टरहरुको संस्था फेडेरेसन अफ डाक्टर्सले आज यो कुरा सार्वजनिक गरेको हो । उक्त संस्थाका अनुसार मृत्यु हुने डाक्टरहरु मध्ये १९ जनाले लोम्वर्डी क्षेत्रमा काम गरेको थिए । यो क्षेत्र इटलीकै सबैभन्दा बढी कोरोना प्रभावित क्षेत्र हो । […]
यूएईमा कोरोना संक्रमित दुईजना नेपालीलाई निको

काठमाडौँ, १० चैत यूएईको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित २ जना नेपाली नागरिक निको भएको जनाएको छ । आबुधाबी स्वास्थ्य विभागकी सरुवा रोग नियन्त्रणसम्बन्धी महाशाखाकी प्रमुख रहेकी डाक्टर फरिदा अल होसेनीले सोमबार आयोजित पत्रकार सम्मेलनमा २ जना नेपाली नागरिकसहित ३ जना व्यक्ति निको भएकी जनाएको स्थानीय सञ्चारमाध्यम द नेसनलले जनाएको छ। निको हुने अर्को […]
भोलिबाट देशलाई पूर्ण रुपमा लकडाउन गर्ने सरकारको निर्णय

काठमाडौं, १० चैत सरकारले भोलि मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ । फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले […]
कोरोना प्रभाव:नारायणीको आरती लघुस्वरुपमा हुने

भरतपुर, १० चैत गत वैशाखयता नारायणी किनारमा जारी अखण्ड सायंसन्ध्याकालिन गण्डकी-नारायणी महाआरती आजदेखी लघुस्वरूपमा हुने भएको छ । विश्वव्यापी महामारीकारूपमा फैलिएको कोरोना भाइरस (कोभिड -१९) को प्रकोपबाट बच्न राष्ट्रिय स्तरमै पहल भैरहेको अवस्थामा आरती सहित नेपालको राष्ट्रिय झण्डा एवम् वैदिक सनातन हिन्दु धर्मको प्रतीक ॐकार अंकित ध्वज पुजन कार्यक्रमलाई लघुरुपमा गरिन लागिएको हो । नारायणी […]
भारतबाट प्रवेश गरेका नेपालीहरु क्वारेन्टाइनबाट भागे

नेपालगञ्ज, १० चैत भारतका विभिन्न स्थानबाट नेपाल प्रवेश गरेका नेपालीहरु क्वारेन्टाइनबाट ‘भागेका’ छन् । जमुनाह नाकामा अलपत्र परेका झन्डै ५ सय ४० जनालाई बाँके जिल्ला प्रशासन र नेपालगञ्ज उपमहानगरपालिकाले उद्धार गरेर नेपाल ल्याएको थियो । सीमा नाकामा यात्रु आवागमन रोक्ने समय १० बजेभन्दा पहिले नाकामा आइपुगेकालाई उनीहरुको ज्वरो नापेर नगर बसबाट महेन्द्र बहुमुखी क्याम्पसमा लगिएको […]
कोभिड–१९:चीनको वुहानमा लगातार पाँचौँ दिन पनि नयाँ सङ्क्रमण भेटिएन

१० चैत/विश्वमा सबैभन्दा पहिले कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको चीनको वुहान सहरमा सोमबार लगातार पाँचौँ दिन पनि नयाँ व्यक्तिमा सङ्क्रमण नभेटिएको चिनियाँ स्वास्थ्य अधिकारीले सोमबार बताएका छन् । विश्वभर प्रकोपका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)सङ्क्रमितको सङ्ख्या विश्वका अन्य मुलुकमा फैलिने क्रम रहेपनि सुरूमा सङ्क्रमणबाट निकै प्रभावित बनेको वुहानमा नयाँ सङ्क्रमण नदेखिएसँगै यहाँका उद्योग तथा कलकारखाना […]
अनलाइनमार्फत विद्युत महसुल भुक्तानी गर्न ग्राहकहरुलाई अपिल

काठमाडौं, १० चैत सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को सम्भावित संक्रमणको जोखिम कम नभएसम्म अनलाइनमार्फत विद्युत महसुल भुक्तानी गर्न ग्राहकहरुलाई अपिल गरेको छ । महसुल काउन्टरहरुमा हुने भीडभाडका कारण संक्रमणको जोखिम उच्च हुने भएकाले अनलाइनबाटै महसुल भुक्तानीको व्यवस्था मिलाउन लागिएको हो । अनलाइनको सहज आपूर्ति अभावमा ग्राहकले समयमै महसुल भुक्तानी गर्न नसके […]
कोरोना प्रभावले चितवनका पत्रपत्रिका बन्द

भरतपुर, १० चितवन कोरोना प्रभावका कारण चितवनका पत्रपत्रिकाहरु बन्द हुने भएका छन् । जिल्लामा नियमितरुपमा प्रकाशन हुँदै आएका चार दैनिक, चौध साप्ताहिक र एक अर्ध साप्ताहिक पत्रिकाहरुले कोभिड–१९ (कोरोना भाइरस)को महामारीलाई मध्यनजर गर्दै पर्सि बुधबारदेखि १० दिन पत्रिकाको प्रिन्ट संस्करण बन्द गर्ने निर्णय गरेका हुन् । सोमबार भरतपुरमा जिल्लाबाट प्रकाशन हुँदै आएका दैनिक तथा साप्ताहिक […]
वीरगञ्ज नाकाबाट भारत प्रवेश गर्नेको लर्को

वीरगञ्ज, १० चैत सरकारले भारत र चीनसँग जोडिएको सबै नाकामा एक साताका लागि आवागमन बन्द गर्ने निर्णय गरे पनि प्रदेश नं २ को वीरगञ्ज नाकाबाट भारत प्रवेश गर्नेको आज बिहानैदेखि लर्को लागेको छ । सरकारले गरेको उक्त निर्णय कार्यान्वयनका लागि स्थानीय प्रशासनलाई निर्देशन दिए पनि एकाबिहानै काठमाडौँलगायत नेपालका विभिन्न शहरमा काम गर्ने भारतीय आफ्नो देश […]
कैलालीमा आज दिउँसो २ बजेपछि अनिश्चितकालीन कर्फ्यू

कैलाली, १० चैत जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार दिउँसो २ बजेपछि अनिश्चितकालीन कर्फ्यू (निषेधाज्ञा) लगाएको छ । जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना जारी नभएसम्म कैलाली जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । निषेधाज्ञा अवधिमा भिडभाड नगर्न सबैलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । सवारी साधन र आवत जावतसमेत पूर्ण रूपमा […]
देशै ‘लकडाउन’ भएको बेला महानगर भन्छ–‘विद्यालय बन्द नगर्नू’

प्रशासन बन्द गर्दा अप्ठ्यारो पर्छ भनिएको होः शैक्षिक प्रशासन महाशाखा भरतपुर, १० चैत कोरोना भाइरस संक्रमणबाट बच्न देशलाई नै क्वारेन्टाइनजस्तै बनाइएको छ । सबैजना आफ्नो घरभित्रै छन् । काम ठप्प छन् । पढाइ ठप्प छ । सरकारले एकपछि अर्को निर्णय गरी देशलाई ‘लकडाउन’ तर्फ अघि बढाइरहेको छ । अत्यावश्यक सेवाबाहेक सबै ठप्प पारिएका छन् । […]
फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आइपुगेकी एक छात्रामा कोरोना पोजेटिभ देखियो

काठमाडौं, १० चैत फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी एक छात्रामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । चैत ४ गते कतारको दोहा हुँदै काठमाडौं आएर होम क्वारेन्टाइनमा बसेकी ती छात्रामा कोरोना भाइरसको परीक्षण गरिएको थियो । १९ बर्षकी उनी फ्रान्समा अध्ययनरत विद्यार्थि हुन् । परीक्षणका क्रममा उनमा कोरोना भाइरस देखिएको स्वास्थ्य […]
स्वास्थ्यमन्त्रीले डाके आकस्मिक पत्रकार सम्मेलन

काठमाडौं, १० चैत युरोपबाट फर्किएका व्यक्तिका सन्दर्भमा यथार्थ जानकारी गराउन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मध्यान्ह १२ बजे स्वास्थ्य मन्त्रालयमै आकस्मिक पत्रकार सम्मेलन डाकेका छन् । मन्त्री ढकालले नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था र आशंकित व्यक्तिका बारेमा जानकारी गराउन लागेका हुन् । सरकारले आजैदेखि अत्यावश्यक सेवा बाहेकका सबै कामहरु बन्द गरेर जनतालाई आ–आफ्ना घरभित्र बस्न र बाहिर […]
एसईई विद्यार्थीलाई एनटिभी प्लस देखाउनुहोस्

भरतपुर, १० चैत कोरोना भाइरस संक्रमणबाट बच्न देशलाई नै क्वारेन्टाइनजस्तै बनाइएको छ । सबैजना आफ्नो घरभित्रै छन् । काम ठप्प छन् । पढाइ ठप्प छ । चैत ६ गतेबाट हुने भनिएको कक्षा १० को राष्ट्रिय परीक्षा एसईई पनि अनिश्चितकालका लागि स्थगित गरिएको छ । जसले गर्दा एसईई तयारीमा लागेका लाखौं विद्यार्थी घरमै छन् । यो […]
खोलामा मेला…

इच्छाकामना–७ स्थित सिमलढाप नजिकै खगेरी खोलाको मुहानमा नदीजन्य पदार्थ उत्खनन् कार्यमा लागेको भीड । यो खोलामा डोजर, ट्रिपर, ट्याक्टरको दिनहुँ ‘मेला’ को झल्को दिने गरी चहलपहल हुने गर्छ । तोकिएको मापदण्डभन्दा बढी गहिराएर नदीजन्य पदार्थको उत्खनन् गरिरहदा समेत स्थानीय सरकारले चासो दिएको छैन । फोटोः विप्लव काफ्ले
चितवनका होटल बन्द, निकुञ्ज प्रवेशमा रोक

चितवन, १० चैत (रासस) कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिम बढ्दै गएपछि पर्यटकीय क्षेत्र सौराहामा रहेका होटल बन्द भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वारका रुपमा रहेको सो क्षेत्रमा साना ठूला गरी ११५ होटल रहेका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटलले सूचना टाँसेर सेवा बन्द गरेका हुन् । घरायसीरुपमा […]
कोरोनाको कहर

नोबेल कोरोना भाइरसको जोखिम बढेसँगै घर फर्कनेहरूको संख्या बढ्न थालेको छ । तस्बिर: शिव गौतम ।
अस्पताल कुद्नुअघि यी डाक्टरलाई फोन गर्नुहोस्

नारायण अधिकारी भरतपुर, १० चैत (रासस) स्वास्थ्यमा कुनै समस्या आएको तपाईले महशुस गर्दै हुनुहुन्छ ? अस्पताल जान नहतारिनुहोला । अब विशेषज्ञ चिकित्सकसँग मोबाइलमा फोनमा कुराकानी गरेर उचित परामर्श र सल्लाह लिन सक्नुहुन्छ । यसका लागि जिल्लाका १० विशेषज्ञ चिकित्सकले आफ्नो सेवा प्रदान गर्न शुरुआत समेत गरेका छन् । नेपाल चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा प्रकाश […]
देशभरका सामुदायिक वनका भवनलाई क्वारेन्टाइन बनाइने

काठमाडौँ, १० चैत कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिम न्यूनीकरणका गर्न सामुदायिक वन उपभोक्ता महासङ्घले देशभरका आफ्ना भवनलाई आवश्यकता परेको अवस्थामा निगरानी कक्ष (क्वारेन्टाइन) का रुपमा प्रयोग गर्न सक्ने जनाएको छ । महासङ्घका अध्यक्ष भारती पाठकले आइतबार जारी गरेको विज्ञप्तिमा २२ हजार २६६ महासङ्घसँग आवद्ध रहेका एक हजार ३९८ भवनलाई सो कक्षका रुपमा प्रयोग गर्न […]
महाराष्ट्रका ती व्यक्ति जसले कोरोना भाइरसलाई जितेर पनि मृत्युसँग हरे

मुंबई, १० चैत भारतमा कोरोना भाइरसबाट मुक्त भइसकेका एक व्यक्तिको मृत्यु भएको छ । महाराष्ट्रमा आइतबार मृत्यु भएको व्यक्तिमा पहिले कोरोना भाइरसको संक्रमण देखिएको थियो । उपचार पश्चात पुनः परीक्षणको क्रममा कोरोना भाइरस नेगेटीभ देखिएको थियो । नेगेटीभ देखएपछि मुंबईको कस्तूरवा अस्पतालबाट एक निजी अस्पतालमा सारिएका ती व्यक्तिको उपचारका क्रममा मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका […]
इटलीमा आइतबार मात्रै कोरोना संक्रमणबाट ६५१ जनाको मृत्यु

रोम — कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट युरोपमा मात्रै मृत्यु हुनेको संख्या करिब ९ हजार पुगेको छ। कोभिड–१९ को नयाँ इपिसेन्टर मानिएको युरोपका इटाली, जर्मनी, स्पेन र बेलायतमा भाइरसको संक्रमण र मृतकको संख्या बढिरहेको छ । आइतबार मात्रै इटालीमा थप ६ सय ५१ जनाको मृत्यु भएको छ। त्यस्तै आइतबार थप ५ हजार ५ हजार ५ सय […]
खैरहनीमा व्यवसायिक सटर भाडा मिनाहा

खैरहनी, १० चैत चितवनको खैरहनी पर्सा बजारमा व्यवसायिक सटर भाडामा लगाउने सञ्चालकले व्यवसाय गर्ने व्यवसायीसंग एक महिनाको भाडा नलिने घोषणा गरेका छन् । खैरहनी नगरपालिका वडा नम्बर ८ रेडक्रस मार्गअन्र्तगत पर्ने पाथीभारा कम्लेक्सका सञ्चालक सहित उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्षले यो चैत महिनाको सटर भाडा नलिने घोषणा गरेका हुन । चालु महिना सुरु भए संगै […]
कोरोना भाइरस रोकथामका लागि अमेरिकाले गरेको प्रस्ताव इरानद्वारा अस्वीकार

काठमाडौं, १० चैत कोरोना भाइरसविरुद्धको संक्रमण रोकथाम र नियन्त्रणका लागि अमेरिकी सहयोग इरानले अस्वीकार गरेको छ । इरानमा कोरोना संक्रमणका कारण मृतकको संख्या बढ्दै गएपछि अमेरिकाले मानवीय सहायता प्रस्ताव गरेको थियो । तर, त्यसलाई इरानले अस्वीकार गरेको बीबीसीले जनाएको छ । हाल इरानको मध्यपूर्वी क्षेत्र कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित छ । सो क्षेत्रमा २१ […]
कोरोना संक्रमितसँग भेटेको पुष्टी भएपछि जर्मन चान्सलर मर्केल सेल्फ क्वारेन्टाइनमा

१० चैत/जर्मन चान्सलर एन्जेला मर्केल सेल्फ क्वारेन्टाइनमा बसेकी छन् । आफूलाई भेटेका एक व्यक्तिमा कोरोना भाइरस देखिएको पुष्टी भएपछि मर्केल डाक्टरको सुझावको आधारमा क्वारेन्टाइनमा बस्न थालेकी हुन् । उनले केही दिन नियमित काम कम गर्नेछिन् । अति आवश्यक काम सेल्फ क्वारेन्टाइनबाटै गर्ने उनका प्रबक्ताले बताएका छन् । ६५ वर्षीया चान्सलर मर्केल केही दिन यता कोरोना […]
खैरहनीमा टोल मार्फत कोरोनाको सचेतना

ध्रुवराज खनाल रत्ननगर, ९ चैत कोरोनाको संभावित जोखिमबाट वच्न खैरहनी नगरपालिकाले टोल विकास संस्था मार्फत सचेतना फैलाउने भएको छ । त्यसका लागि नगरपालिकाले नगर भित्रका टोल विकास संस्थालाई पत्राचार सुरु गरेको छ । कोेरोना भित्रन नदिन सर्तकता अपनाउनका लागि सचेतना फैलाउन टोल विकास संस्थालाई परिचालन गरिएको नगरपालिका मेयर लालमणी चौधरीले बताए । टोल विकास संस्थाका […]
डिजिटल कारोबारमा सर्वसाधारणको विश्वास कम, बैंकमा भिड बढ्दो

सेवाग्राहीको सुविधाका लागि नेपालभर रहेका जुनसुकै एटीएम मेसिनबाट रकम भुक्तानी गर्दा अतिरिक्त पैसा नलाग्ने व्यवस्था पनि सरकारले गरेको छ । यस्तै बैंक सञ्चालकहरूले भाइरसबाट जोगिनका लागि मोबाइल बैंकिङ सेवाको प्रयोग गरी कारोबार गर्न आग्रह पनि गरेका छन् । शिव गौतम भरतपुर, १० चैत नोबल कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा नेपालमा पनि लकडाउन हुनसक्ने अनुमान लगाउँदै […]
व्यवसायिक संकटकाल घोषणा गर्न माग

भरतपुर, ९ चैत होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ चितवनले व्यवसायिक संकटकाल घोषणा गर्न माग गरेको छ । अध्यक्ष दीपक ढकालले आइतबार विज्ञप्ति जारी गर्दै ‘जटिल परिस्थितिलाई मध्यनजर राख्दै व्यवसाय सञ्चालन गर्न नसक्दा सम्मको अवधिलाई व्यवसायिक संकटकाल घोषणा गर्न र बैंकिङ तथा वित्तिय संस्थालाई तिर्नुपर्ने व्याज संकटकालिन अवधिसम्म मिनाहा र किस्ता तिर्ने समयाअवधि थप गरिदिन’ माग […]
कोरोना प्रभाव: थोकबजारमा फलफूल तथा तरकारी दोब्बरले कम

आयात नगण्य । मौज्दात छैन । सामान लिन वा पु¥याउन आउने गाडी निकै कम आएका छन् । विप्लव काफ्ले भरतपुर, ९ चैत भरतपुर–२ क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी थोक बजार सुनसान बन्न थालेको छ । विश्वभरी फैलिदै गएको कोरोना भाइरसको संक्रमण बढेपछि बजारमा किनमेल गर्न आउनेको संख्या पनि घट्दै गएको छ । कृषि प्रर्वद्धन […]
२०७६ चैत १० गते सोमबार
