स्वास्थ्यमन्त्रीले डाके आकस्मिक पत्रकार सम्मेलन

काठमाडौं, १० चैत
युरोपबाट फर्किएका व्यक्तिका सन्दर्भमा यथार्थ जानकारी गराउन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मध्यान्ह १२ बजे स्वास्थ्य मन्त्रालयमै आकस्मिक पत्रकार सम्मेलन डाकेका छन् ।

मन्त्री ढकालले नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था र आशंकित व्यक्तिका बारेमा जानकारी गराउन लागेका हुन् ।

सरकारले आजैदेखि अत्यावश्यक सेवा बाहेकका सबै कामहरु बन्द गरेर जनतालाई आ–आफ्ना घरभित्र बस्न र बाहिर अनावश्यक भिडभाड नगर्न आग्रह गरेको छ । आजैदेखि दुबै छिमेकका सीमाहरु बन्द गरिएका छन् ।

स्वास्थ्यमन्त्री ढकालले कोरोना संक्रमणको पछिल्लो अवस्था र नेपालले चालेका कदमबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेको उनको सचिवलायले बतायो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट