फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आइपुगेकी एक छात्रामा कोरोना पोजेटिभ देखियो

काठमाडौं, १० चैत
फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी एक छात्रामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।


चैत ४ गते कतारको दोहा हुँदै काठमाडौं आएर होम क्वारेन्टाइनमा बसेकी ती छात्रामा कोरोना भाइरसको परीक्षण गरिएको थियो ।  १९ बर्षकी उनी फ्रान्समा अध्ययनरत विद्यार्थि हुन् ।

परीक्षणका क्रममा उनमा कोरोना भाइरस देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनको अहिले काठमाडौं स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

उनीसँग रहेका सबैको परीक्षण गरेर आइसोलेसनमा राखिदैछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट