यूएईमा कोरोना संक्रमित दुईजना नेपालीलाई निको

काठमाडौँ, १० चैत
यूएईको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित २ जना नेपाली नागरिक निको भएको जनाएको छ ।

आबुधाबी स्वास्थ्य विभागकी सरुवा रोग नियन्त्रणसम्बन्धी महाशाखाकी प्रमुख रहेकी डाक्टर फरिदा अल होसेनीले सोमबार आयोजित पत्रकार सम्मेलनमा २ जना नेपाली नागरिकसहित ३ जना व्यक्ति निको भएकी जनाएको स्थानीय सञ्‍चारमाध्यम द नेसनलले जनाएको छ। निको हुने अर्को एक जना भने इरानी नागरिक रहेको डाक्टर फरिदाले जानकारी दिएकी छिन्। योसहित यूएईमा कोभिड–१९ बाट संक्रमित भएका ४१ जनाले स्वास्थ्यलाभ गरेका छन्।

साथै कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि यूएई सरकार दृढताका साथ लागेको र संक्रमितहरुको मुलुकमा रहेका विभिन्न अस्पतालमा उपचार भइरहेको पनि डाक्टर फरिदाले जानकारी दिइन्।

त्यस्तै सोमबार यूएईमा थप ४५ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ। थप संक्रमण देखिएका व्यक्तिहरु विभिन्न १८ मुलुकका रहेको पनि डाक्टर फरिदाले जानकारी दिइन्। यूएईका ७, भारतका ७, बंगलादेशका तीन, क्यानडाका २, अमेरिका र पाकिस्तानका ४–४ जना, फिलिपिन्स, इराक, ट्युनिसिया, सिरिया, कुवेत, इटाली, पेरु, इथियोपिया, लेबनान, सोमालिया, बेलायत, सुडान, आयरल्यान्ड, रुस, मोन्टेनेग्रो, फ्रान्स र पोल्यान्डका एक–एक जनामा संक्रमण देखिएको उनले जानकारी दिइन्। योसँगै यूएईका कोभिड–१९ बाट संक्रमित हुनेको संख्या १९८ पुगेको छ।

डाक्टर फरिदाले सरकारले कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि सेल्फ आइसोलेसन, सामाजिक दूरी कायम राख्ने र अत्यावश्यक बाहेक बाहिर निस्कन नदिनेजस्ता कडा कदम चालेको पनि बताइन्।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट