युद्धमा ज्यानको बाजी लगाउने तिमीलाई देशकाे सलाम !

मनोज घिमिरे

११ चैत/विपत्ति कहिले प्राकृतिक बनेर आउँछ, कहिले स्वयं मानवका कारण । आज सिङ्गो बिश्वभरि जैविक हतियार प्रहार गरेजस्तै गरी फैलिएको नाेबेल काेराेना भाईरस (काेभिड १९) काे संक्रमण सम्पुर्ण मानव जातिका लागि बिश्वयुद्ध भन्दा सन्त्रासपूर्ण बनेकाे छ। हाल यस महामारीका विषयमा फरक-फरक देश र फरक-फरक व्यक्तिहरु आफ्ना-आफ्ना तर्क प्रस्तुत गरिरहेका छन् ।

खै यो भाईरस मानव निर्मित हो या प्रकृतिप्रति मानवले गरेको बिनासकाे परिणाम! यस्को उत्तर खोज्न तत्काललाइ संभव नहाेला। शक्तिशाली देश बिच बिश्वको महाशक्ति बन्ने हाेडमा सन् १९१४ देखि १९१८ सम्मको प्रथम बिश्वयुद्ध र सन १९३९ देखि १९४५ सम्मको दोस्रो बिश्वयुद्धमा सेना तथा नागरिकगरी करिब ९ करोड ५० लाख भन्दा बढीले ज्यान गुमाएकाे मानव सभ्यताकै काहलि लाग्दो ईतिहास आज पनि हामी अध्यन गर्न सक्छौ । त्यो ईतिहास बिश्व युद्धको हो।

मनोज घिमिरे

तर आज हामी न बिश्वयुद्ध लडिरहेका छाै न त गृह युद्ध नै। तर पनि हामी त्रसित छाै। बिश्वयुद्धमा लडेका देशहशरू अाज हारेका छन। शक्तिशाली देश्का प्रमुखहरु आज आफ्नो पराजय संग आँसु झारिरहेका छन। चिनबाट सुरू भएकाे काेराेना भाईरस संगको युद्ध सिङ्गो बिश्वलाई जैबिक युद्ध साबित भएकाे छ।

बिश्व युद्धमा सेना र नागरिकले ज्यान गुमाए जस्तै काेराेना भाईरस विरुद्धको लडाईमा पनि सेना रूपि स्वास्थकर्मी तथा भाईरस सङ्क्रमित नागरिकहरु ले ज्यान गुमाईरहेका छन। अाज सम्म मात्र पनि ईटालिमा २३ स्वास्थकर्मिहरु ले ज्यान गुमाईसकेका छन। मृत्यु हुनेको संख्या बिश्व युद्ध को भन्दा कम भए पनि भाईरस संगको यो युद्ध न जित्न सकिने न अत्मा समर्पण गरेर बाच्न सकिने अवस्था छ। हामी त एउटा सानाे र कमजाेर देशका नागरिक । हामी यस भाईरस संग न जित्न सक्छौ न त अत्मसमर्पण गर्न । बिश्वले नजितेको भाईरस भए पनि हामी लडन भने छाडदैनाै।

यस भाईरस संगको लडाइँमा सारा नेपालीले सरकारलाई साथ दिन जरुरी छ। आफ्नो ज्यानको बाजी लगाएर याे लडाइँमा सिपाईकाे भुमिका खेल्ने हाम्रा सम्पुर्ण स्वास्थकर्मी प्रति सलाम। अाज सारा नेपालिले बिश्वले नजितेको कोरोना भाईरस विरुद्धको लडाइँलाई जित्ने आँटगर्ने हो भने तपाईं हामी आ-आफ्नो घर बसेर मात्र सम्भव हुन सक्छ । एकतामा शक्ति हुन्छ, हामीले सुन्दै र भाेग्दै अाएकाे सत्य तर आज यो लडाइँ जित्नका लागि तपाईं हामी एक्लिन जरुरी छ। हामी हाम्रो घरमा एक्ला एक्लै रहे पनि काेराेना भाइरस विरुद्धको यस लडाईमा सम्पुर्ण नेपालीको आत्मा संगै रहने छ।

लडाईका सिपाही रूपि सम्पुर्ण स्वास्थकर्मीहरुलाई हृदयदेखि नमन । आफू बाचाैं र अरूलाई पनि बचाऔं ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट