कोरोना प्रभाव:नारायणीको आरती लघुस्वरुपमा हुने

भरतपुर, १० चैत

गत वैशाखयता नारायणी किनारमा जारी अखण्ड सायंसन्ध्याकालिन गण्डकी-नारायणी महाआरती आजदेखी लघुस्वरूपमा हुने भएको छ ।

विश्वव्यापी महामारीकारूपमा फैलिएको कोरोना भाइरस (कोभिड -१९) को प्रकोपबाट बच्न राष्ट्रिय स्तरमै पहल भैरहेको अवस्थामा आरती सहित नेपालको राष्ट्रिय झण्डा एवम् वैदिक सनातन हिन्दु धर्मको प्रतीक ॐकार अंकित ध्वज पुजन कार्यक्रमलाई लघुरुपमा गरिन लागिएको हो ।

नारायणी किनारमा दैनिक सन्ध्याकालिन रुपमा ६ बजेदेखि ८ बजेसम्म हुने आरती दर्शन गर्न सयौंको संख्यामा दर्शनार्थीको उपस्थिति रहने गरेको थियो । सोमबारबाट लघुरुपमा हुने आरती कार्यक्रममा दर्शनका लागि उपस्थित नहुन अनुरोध गरिएको छ ।

वर्तमान परिस्थितिमा सरकारले कुनै पनि भेला, कार्यक्रम गर्न बन्देज लगाएको अवस्थामा यस्ता खालका कार्यक्रमले पनि कोरोना भाइरस फैलन सक्ने भन्दै लघुस्वरुपको आरती समारोहलाई सामाजिक संजाल फेसबुकबाट दर्शन गर्ने व्यवस्था मिलाएको आयोजक श्री गण्डकी नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि कँडेल भारद्वाजले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट