खैरहनीमा व्यवसायिक सटर भाडा मिनाहा

खैरहनी, १० चैत
चितवनको खैरहनी पर्सा बजारमा व्यवसायिक सटर भाडामा लगाउने सञ्चालकले व्यवसाय गर्ने व्यवसायीसंग एक महिनाको भाडा नलिने घोषणा गरेका छन् ।

खैरहनी नगरपालिका वडा नम्बर ८ रेडक्रस मार्गअन्र्तगत पर्ने पाथीभारा कम्लेक्सका सञ्चालक सहित उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्षले यो चैत महिनाको सटर भाडा नलिने घोषणा गरेका हुन । चालु महिना सुरु भए संगै व्यवसायीहरु कोरोना त्रासका कारण व्यापार नहुदा मर्कामा छन् ।

पाथिभारा कम्लेक्सका सञ्चालक अनिल श्रेष्ठले भने, ‘केहि राहत हुन्छ भन्ने ठानेर ब्यवसायीको हितमा हामीले यो निर्णय गरेको हौं ।’ घरभाडा मिनाहा गर्ने घरधनीहरुको सो कदमको पर्साका व्यापारीहरुले स्वागत गरेका छन् ।

यस्तै उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्र सापकोटाले कोरोना त्रासका कारण व्यवसायी धरासायी भएको अवस्थामा सो कदम निकै स्वागत योग्य रहेको प्रतिक्रिया दिदै पर्साको चौबीसकोठी चोकमा आफुले व्यवसायिक सटरमा लगाएको घरभाडा पनि एक महिनाको लागि मिनाहा गर्ने प्रतिबद्धता जनाएका छन् ।
आफुले सकेजति भाडा दरमा समायोजन गरिदिए मर्कामा परेका व्यवसायीलाई केहि राहत मिल्ने अध्यक्ष सापकोटाको भनाइ छ । उनको घरबाट मासिक एक लाख भाडा बापत उठ्दै आएको छ । पाथिभारा कम्लेक्सलाई श्रेष्ठ सहित रसिक पाण्डे, सागर अधिकारी र बासु डल्लाकोटले लिजमा लिएर भाडामा दिएका हुन । सो कम्लेक्समा १४ वटा व्यवसायिक सटर भाडामा रहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट