कोरोना प्रभाव: थोकबजारमा फलफूल तथा तरकारी दोब्बरले कम

आयात नगण्य । मौज्दात छैन । सामान लिन वा पु¥याउन आउने गाडी निकै कम आएका छन् ।

विप्लव काफ्ले

भरतपुर, ९ चैत

भरतपुर–२ क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी थोक बजार सुनसान बन्न थालेको छ । विश्वभरी फैलिदै गएको कोरोना भाइरसको संक्रमण बढेपछि बजारमा किनमेल गर्न आउनेको संख्या पनि घट्दै गएको छ ।

कृषि प्रर्वद्धन बजार विकास प्रालिद्वारा सञ्चालित थोक बजारमा २ सय बढी सटर छन् । जसमा १ सय बढी होलसेलका पसल छन् । “अहिले चहपहल निकै घटेको छ”, प्रालिका अध्यक्ष शालिकराम घिमिरेले भने, “मौज्जात पनि नगण्य छ, अहिलेको माग पनि धानेको छैन ।” चहलपहल नभएपनि तत्कालै बजार बन्द गर्न नसकिएको बताउँछन् । “भीडभाड नगरी सचेत बन्दै दैनिक उपभोग्य तरकारी, फलफूल बेच्दै आएका छौँ”, उनले भने, “यो बेला आयात नभएको बहनामा कालोबजारी, महंगी गरेमा त्यस्ता व्यवसायीलाई बचाउन पहलहुदैन, स्थानीय प्रशासनलाई कारवाही गर्न सहयोग गर्छौँ ।” दैनिक ३० गाडी तरकारी बोकेर भित्रिन्थे । जसमध्ये १० गाडी भारतबाट आउने हुन्थे । ३ दिनयता गाडीनै नगण्य आएका छन् । करिब २० गाडीका सामान छिमेकी जिल्लातथा चितवनकै बजारमा खपत हुन्थ्यो । १० गाडी अन्य जिल्लामा पठाइन्थ्यो । “सामान ल्याउने र लिन आउने गाडीको पनि चहलपहल छैन”, उनले भने, “फाट्टफुट्ट ग्राहक आएका छन् ।” विगतमा यो बजारमा दैनिक १५० टन तरकारी, ५० टन फलफुल भित्रिन्थ्यो । तर, अहिले तेब्बरले कमी छ ।

सरकारले सोमबारदेखि सार्वजनिक यातायाताका साधन जिल्लाका नाका कट्न नपाउने गरी निर्देशन जारी गरीसकेको छ । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) ले नेपालमा संक्रमण नदेखिएपनि उच्च जोखिममा रहेको भन्दै भारतसँगकासिमा नाकाबन्द सुझाएको छ । भारतले आइतबारदेखि ‘जनता कफ्र्यु’ लगाएको छ । “अब तरकारी भित्रिने सम्भावना झनै कम छ”, उनले भने, “महंगी बढ्ने खतरा छ, तर त्यसो गर्ने व्यवसायीको पक्षमा हामी उभिने छैनौँ ।”

प्रालिका प्रवन्ध निर्देशक थीरप्रसाद धिताल ‘कृष्ण’ ले स्थानीय खपत समेत घटेको बताउँछन् । “हाटबजार बन्द छन्, लामोदुरीका गाडी बन्द छन्”, उनले भने, “हामी पसल खोलेर बसेका छौँ, तर ग्राहक छैनन् ।” उनका अनुसार स्थानीय हाटबजारमा मात्रै दैनिक ५० टन फलफुल तथा तरकारी खपत हुने गरेको थियो । तर, अहिले यो अवस्था छैन । भारतबाट एक हप्ता पहिले करेला, खुर्सानी, पर्वल, टमाटर बढी आयात हुदै आएको थियो । तर, अहिले आयातनै शून्यझै छ ।

यो थोकबजारबाट पोखरा, काठ्माण्डौ, मकवानपुर, नवलपरासी लगायतकाठाउँमा सामान पठाउने गरिन्थ्यो । फलफूल तथा तरकारी थोक व्यवसायीसंघ क्षेत्रपुरका अध्यक्ष मदनप्रसाद सापकोटाले २० प्रतिशतमात्रै व्यापार भएको बताउँछन् । “सामान मगाउने की नमगाउने भन्ने अन्यौल छ”, उनले भने, “कोल्ड स्टोर छैनन्, बिक्रि नभए सबै नोक्सान हुने डर छ, नमगाउँदा मागअनुसार दिन नसकिने हो की भन्ने पीर छ ।” संघमा १ सय ६० जना व्यवसायीआवद्ध छन् । संघका कोषाध्यक्ष रामराज पाण्डे भाइरस संक्रमणबाट बच्नसावधानि अपनाउनुपर्नेमा जोड दिन्छन् । “केही पसल ३–४ दिनदेखिनै बन्द छन्”, उनले भने, “व्यापारभन्दा ज्यान ठुलो हो, अतिआवश्यक काममामात्रै बाहिर जानु ठिक हो, बजार सुनसान भयो भनेर हामी आत्तिएका छैनौँ ।”

उनले बजारमा तरकारी तथा फलफूल प्रयाप्त नहुदा मूल्य बढ्न सक्ने भएकाले संघले कालोबजारी नगर्न सजग गराएको बताए । व्यवसायी रामचन्द्र रेग्मीले टमाटरको थोक मूल्य बढेपनि अन्यको खासै उतारचढाव नभएको बताउँछन् । उनले थोक बजारमा महरेक दिन मूल्य सूचि सार्वजनिक गर्ने कामसमेत गर्छन् । “४०–४५ पर्ने टमाटर अहिले ५० सम्म पुगेको छ”, उनले भने, “अन्य तरकारीको मूल्य खासै बढेको छैन ।” उनका अनुसार आइतबार प्रति केजी बोडीको १ सय १०, घिरौला १ सय, काउली २०, फर्सी ८ देखि२५, प्याज ४५, लसुन १९० रुपैयाँसम्म थोक मूल्य छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट