कोरोना हुँदैमा मरिहाल्ने होइन, देखिन्छन् यस्ता चरण

गत डिसेम्बर महिनामा पहिलो पटक भेटिएको नयाँ कोरोनाभाइरस र यसले लगाउने रोग कोभिड-१९ अहिले विश्वव्यापी महामारी बनिसकेको छ। कसैकसैमा यो रोगले सामान्य प्रभाव मात्रै पार्छ भने केहीमा यो रोग मृत्युको कारण बनिदिन्छ। यो नयाँ भाइरसले कसरी शरीरमा आक्रमण गर्छ? यसका कारण किन मानिसको जान्छ? यसको उपचार कसरी भइरहेको छ त? सङ्क्रमणकाल मानिसको शरीरमा प्रवेश गरिसकेपछि […]

चितवनका ८ जनाको कोरोना परीक्षण रिपोर्ट सोमबार आउने

भरतपुर, ९ चैत कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको आशंकामा चितवनबाट ८ जनाको स्वाब (घाँटीको र्‍याल) परीक्षणका लागि काठमाण्डौं पठाइएको छ । उनीहरुको रिपोर्ट भोली (सोमबार) बेलुकासम्म आउने भरतपुर अस्पतालले जनाएको छ । नमूना परीक्षण गरिएको मध्यमा एक जना बिरामी कोरोना विशेष अस्पतालका रहेका छन् । चितवनमा आइतबारसम्ममा कोभिड–१९ को संक्रमणको आशंकामा ८ जना आइसोलेसनमा राखिएको […]

भारत र चीनतर्फका सबै सीमा नाका एक सातासम्म बन्द हुने

काठमाडौं, ९ चैत सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक सातासम्म बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । एक मन्त्रीका अनुसार भोलि विहान १० बजेबाट एक साताका लागि नाका बन्द गरिनेछ । भारतमा कोरोनाको संक्रमण देखिएपछि नेपालले सीमा नाका बन्द गर्ने प्रस्ताव राखेको […]

राप्तीमा छाडियो ५० गोही

भरतपुर, ९ चैत राप्ती नदीमा ५० वटा गोही छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै राप्ती नदीमा गोही छाडिएको हो । गत वर्ष सोही क्षेत्रबाट १०० गोही छाडिएको थियो । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार विश्वबाटै लोप हुन लागेको घडियाल गोहीलाई निकुञ्जको कसरामा रहेको प्रजनन् केन्द्रमा हुर्काएर हरेक वर्ष नदीहरुमा […]

लेखक : राज्यसत्ताको स्थायी प्रतिपक्ष

लेखक भनेको एउटा यस्तो शक्तिशाली प्राणी हो, जो बाचुन्जेल ओझेल परेको हुन्छ , खरानीभित्र छोपिएर रहेको आगोको फिलिङ्गो जस्तै ।जो भौतिक रूपमा मरिसकेपछि पनि जन्मिन्छ अनि त्यसपछि फेरि कहिल्यै मर्दै मर्दैन । यहाँ उल्लेख गर्न खोजिएको लेखकीय व्यक्तित्व त्यो हो, जसले सदैव राज्यसत्ताको स्थायी प्रतिपक्षी भएरै आफ्नो कलम निर्भिकताका साथ चलाइरहेको हुन्छ । जसले कहिल्यै […]

२४ घण्टामा भारतबाट ८७ हजार मानिस नेपाल प्रवेश

काठमाडौ, ९ चैत कोरोना भाइरसको संक्रमण भित्रिन नदिन सरकारले सीमा नाकामा हेल्थ डेस्क स्थापना गरेपछि करिब ५ लाखको ज्वरो मापन गरिएको छ । सुरक्षा निकायकातर्फबाट गृह मन्त्रालयमा पठाइएको तथ्यांक अनुसार यो अवधिमाा ४ लाख ६७ हजार २ सय ५ जनाको ज्वरो मापन गरिएको छ । यो तथ्यांक आइतबार बिहानसम्मको हो। फागुन २५ गतेबाट नेपाल–भारत सीमा नाकामा […]

कञ्चनपुर ‘लक डाउन’ !

धनगढी, ९ चैत कञ्चनपुरमा जिल्ला प्रशासन कार्यालयले आइतबार राति १२ बजेदेखि घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको बैठकले सर्वसाधारण नागरिकलाई आकस्मिक उपचारबाहेक अन्य कामका लागि घरबाहिर ननिस्कन आह्वान गरेको छ । यदि सूचनाको बर्खिलाप गरी घरबाहिर निस्किए सुरक्षाकर्मीले कानून बमोजिम कारबाही गर्न सक्ने प्रशासन कार्यालयले सूचना जारी गरेको छ । […]

कोरोनालाई पत्र

मिति:२०७६/१२/०९ प्रिय कोरोना ४२ डिग्रीको तातो माया तिमीलाई ! “प्रिय कोरोना” सायद सम्बोधन नै गलत गरे जस्तो लाग्छ । पछिल्लो केही समय देखि हर रात, हर समय तिम्रै यादमा यसरी हराएको छु कि जसले गर्दा पनि प्रिय नै सम्बोधन गरेँ । बुझ है ! यो मायाको सम्बोधन तिमीलाई बिदाइ हुन दिएको छु नि । स्वागत […]

स्थानीय निकाय सुनसान, भरतपुर महानगरको सरसफाई र दमकल बाहेकका सेवा बन्द

भरतपुर, ९ चैत सरकारले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै अतिआवश्यक सेवा दिने बाहेकका कार्यालय बन्द गर्ने घोषणा गरेपछि आज चितवनका स्थानीय निकायहरु सुनसान रहे । सेवाग्राहीको अत्याधिक चाप हुने भरतपुर महानगरपालिकामा आज दिउँसो फाट्ट–फुट्ट सेवाग्राहीहरु आएपनि महानगरमा रहेका कर्मचारीहरुले सेवा बन्द भएको भन्दै फर्काएका थिए । भरतपुर महानगरपालिकाले दिउँसो सार्वजनिक सूचना नै जारी गरेर सरसफाई […]

तासको खालबाट एक लाख नगद सहित ५ जना पक्राउ

रत्ननगर, ९ चैत ईलाका प्रहरी कार्यालय टाँडीले तासको खालबाट १ लाख रुपैयाँ सहित पाँच जनालाई पक्राउ गरेको छ । रत्ननगर नगरपालिका–१३ स्थित श्रीभक्त घिमिरेको खाली गोठमा मानिसहरु भेला भई तास खेलिरहेको सूचनाको आधारमा प्रहरीले छापामारेको थियो । उक्त स्थानबाट ३ बुक तास सहित नगद एक लाख चार हजार छ सय रुपैयाँसहित पाँच जनालाई पक्राउ गरिएको […]

भारतसँगका सबै सीमा नाका तत्काल बन्द गर्न नेपाललाई डब्ल्यूएचओको सुझाव

काठमाडौं, ९ चैत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललाई भारतसँगका सबै सीमा नाका तत्काल बन्द गर्न सुझाव दिएको छ। दक्षिणी छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण मानिसहरुको हताहती बढ्दै गएपछि डब्ल्यूएचओले नेपाललाई पछिल्लो सुझाव दिएको हो। कोरोना रोकथामका लागि डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम नेतृत्वमा बनेको ‘न्युक्लिसय टीम’ले आज बिहान गरेको नियमित पत्रकार सम्मेलनमा भारतसँगका […]

भारतमा दश दिनका लागि देशभरको रेल सेवा ठप्प हुने

काठमाडौं, चैत ९ भारतीय रेल्वेले दश दिनका लागि देशभरिका रेल सेवा ठप्प गर्ने निर्णय गरेको छ । रेल्वे निकायले वस्तु आपूर्तिका लागि प्रयोग हुने रेल सेवा भने सुचारु रहने प्रष्ट्याएको छ । भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाको अनलाइ संस्करणले रेल्वे अधिकारीलाई उद्धृत गर्दै आइतबार मध्यरातिदेखि सुरु हुने गरी रेल्वे सेवा ठप्प हुन लागेको जनाएको छ […]

बहराइनमा तीन जना नेपाली श्रमिकमा कोरोनाको सङ्क्रमण

काठमाण्डौ, ९ चैत बहराइनमा तीन जना नेपाली श्रमिकमा कोरोनाको सङ्क्रमण देखिएको छ । कोरोनाको शंका लागेका छ जना श्रमिकमा गरिएको परीक्षणमा तीन जनामा पोजेटिभ देखिएको नेपाली दूतावासकी उपनियोग प्रमुख तथा द्वितीय सचिव अरुना घिसिङले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार अरु तीन जनामा नेभेटिभ देखिए पनि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । अहिलेसम्म बहराइनको स्वास्थ्य मन्त्रालयका […]

कैलालीमा बम विष्फोट, एक जनाको मृत्यु

धनगढी, ९ चैत कैलालीको विकट क्षेत्र गोदावरी नगरपालिका–४, फुलबस्तीमा विस्फोट भएको छ । घटनामा अन्दाजी ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको छ । कैलाली प्रहरी प्रमुख एसपी सुदीप गिरीका अनुसार अहिले घटनास्थलतर्फ प्रहरी टोली गएको छ । उनका अनुसार विकले गाउँमा तामाको वस्तु फेला पारेपछि पगाल्ने क्रममा पड्किएको थियो । यद्यपि, उक्त वस्तुमा विस्फोटक पदार्थ […]

बिहारमा कोरोना संक्रमणबाट एक व्यक्तिको मृत्यु, थप एक संक्रमित भेटिए

९ चैत/नेपालसँग सीमाना जोडिएको भारतीय राज्य बिहारमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । बिहारको पटनास्थित के एम्स अस्पतालमा उपचार गराइरहेका एक जना संक्रमितको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि मात्र उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थाहा भएको थियो । बिहारमा कोरोना भाइरस परीक्षण गर्ने ल्याब छैन […]

भोली देखि सार्वजनिक यातायात जिल्लाको नाका कट्न नपाउने

कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले सोमबारदेखि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाएको छ । शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनका लागि यस्तो रोक लगाइएको जानकारी दिएका थिए। प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख गरेअनुसार लामो दूरीका सवारी चलाउन पाउने आज अन्तिम दिन हो । तर लामो दूरी भनेको कति हो भन्ने […]

मन्त्रिपरिषदको बैठक बस्दै, कोरोना संक्रमणको विषयमा महत्वपूर्ण निर्णय आउने संभावना

काठमाडौं, ९ चैत प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला पुनः प्रत्यारोपणपछि पहिलोपटक मन्त्रिपरिषदको बैठक आइतबार बोलाएका छन् । मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभन्दा एक दिन अघि फागुन १८ गते बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको थियो । सो बैठकले कोरोना संक्रमण नेपालमा आउन नदिने सबै तयारी गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन […]

भारतमा ‘जनता कर्फ्यू’का कारण सार्वजनिक स्थलहरु सुनसान

काठमाडौं, ९ चैत प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा आज चलिरहेको जनता कर्फ्यूका कारण भारतमा अत्यावश्यक बाहेक सबै सेवा बन्द भएका छन् । प्रहरी, सञ्चार माध्यमका अधिकारीहरु, चिकित्सक र सरसफाइका व्यक्तिबाहेक अरुलाई सामान्य अवस्थामा घर नछाड्न भनिएको छ । यो राज्यको तर्फबाट लगाइएको कर्फ्यू नभएकाले अत्यावश्यक काम परेर बाहिर निस्कनेहरुलाई प्रहरीले छाडिदिएको छ । तर, सामाजिक सञ्जालमा […]

आजबाट नागरिकता, राहदानी सिफारिस, जग्गा पास पनि बन्द

भरतपुर, ९ चैत कोरोना भाइरस(कोभिड १९)ले निम्त्याउन सक्ने संभावित जोखिमलाई मध्यनजर गर्दै चितवनका विभिन्न कार्यालयहरुले सेवा बन्द गरेको जानकारी गराएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै चैत २१ गते सम्म कार्यालयबाट हुने नागरिकता वितरण, राहदानी सिफारिस तथा वितरणका कामहरु बन्द गरिएको जानकारी गराएको छ । त्यसैगरी मालपोत कार्यालय चितवनले पनि सूचना जारी […]

मिनीट्रकले ठक्कर दिँदा बाबुछोराको मृत्यु

काभ्रे, ९ चैत काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बनेपाबाट साँगातर्फ जाँदै गरेको बा५ख २३९० नंको मिनीट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा५७प ७२८ नंको मोटरसाइकल एकापसमा आज बिहान ठक्कर खाँदा मोटरसाइकलमा सवार तीन घाइते हुँदा उपचारको क्रममा दुई जनाको मृत्यु […]

अन्तर्वार्ता:‘ओमशान्ति सबैको आवश्यकता बनेको छ’

टेकबहादुर श्रेष्ठ शिक्षा क्षेत्रमा सुपरिचित नाम हो । लामो समयदेखि अनवरत शिक्षण क्षेत्रमा सक्रिय श्रेष्ठले मनशिक्षा इङ्लिस बोर्डिङ स्कूल, हिलबर्ड इङ्लिस बोर्डिङ स्कूल, सनराइज इङ्लिस बोर्डिङ स्कूल हुँदै अहिले ओम शान्ति एकेडेमीको प्राचार्यको भूमिकासम्म आइपुग्दा ३५ वर्षको शैक्षणिक अनुभव सँगालेका छन् । चितवनको शैक्षिक विकासमा निजी क्षेत्रबाट अत्यन्त ठूलो भूमिका निर्वाह गरेको सनराइज स्कूलको सञ्चालक […]

रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं, ९ चैत रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ । बुधबार अस्पताल भर्ना भएका ७६ वर्षीय लरेन्जोको उपचारका क्रममा शनिबार निधन भएको हो । कोरोना संक्रमित बाबुको उपचारका क्रममा शनिबार निधन भएको लोरेन्जोको छोरा फर्नान्डोले ट्विटरमार्फत जानकारी दिएका छन् । ‘मेरो बुवाको भर्खरै मृत्यु भएको छ,’ उनले ट्विटरमा लेखेका […]

इटलीमा स्थिति झनै भयावह, एकै दिनमा ७९३ जनाको मृत्यु

काठमाडौं, ९ चैत चीनपछिको कोरोनाको इपिसेन्टर बनेको छ । शनिबार मात्रै त्यहाँ थप ७९३ जनाको ज्यान गएको छ । इटलीमा कोरोनाका कारण एकै दिन भएको यो अहिलेसम्मकै उच्च मृत्यु हो । वर्ल्डओमिटर्सका अनुसार, शनिबार थप ७९३ को मृत्यु भएपछि इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय २५ पुगेको छ । कोरोनाको उद्गमस्थल चीनको […]

वन डढेलोको चिन्ता

भरतपुर, ८ चैत विश्वभरी कोरोना भाइरसको महामारी फैलिदै गएको छ । सबैको ध्यान त्यतै केन्द्रीत छ । तर, गर्मी बढ्न थालेसँगै वन आसपासका क्षेत्रमा भने कोरोना भाइरससँगै डडेलोको चिन्ता पनि बढ्न थालेको छ । यसै सन्दर्भमा इच्छाकामना–७ सिमलढापमा शनिबार ‘जलवायु परिवर्तन अनुकुलन तालिम’ चलाइयो । यहाँ कोरोनाको चर्चा भएन । तर, डढेलो, चोरी निकासी नियन्त्रणबारे […]

वनमा ‘रिचार्ज पोखरी’ थपिए

सामुदायिक वनमा सुख्खापन हटाउन रिचार्ज पोखरी बनाइएका छन् । यी क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने पहल हुदैछ । विप्लव काफ्ले भरतपुर, ८ चैत इच्छाकामना–७ का सामुदायिक वनहरुमा ‘रिचार्ज पोखरी’ बनाइएका छन् । दियालो परिवार नारायणगढले केएर नेपालसँगको साझेदारीमा सञ्चालन गरेको ‘हरियो वन’ कार्यक्रम अन्र्तगत वनहरुमा सिमसार क्षेत्र विकास गरिएको छ । दोस्रो चरण अन्र्तगतको कार्यक्रम सन् […]

अत्यावश्यकबाहेक सबै सेवा आजबाट बन्द

काठमाडौं, ९ चैत कोरोना भाइरसको जोखिमका कारण मुलुकभर अत्यावश्यकबाहेक सबै सेवा आजबाट बन्द गरिएको छ । सरकारले संघ, प्रदेश र स्थानीय तहमा रहेका सार्वजनिक, सामुदायिक र निजी क्षेत्रले प्रदान गर्ने सेवा चैत २१ गतेसम्मका लागि बन्द गरिएको हो । अस्तालहरुमा बहिरंग सेवा पनि बन्द नहुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपाल भित्रने सबै अन्तर्राष्ट्रिय उडानहरू […]

मास्क विसर्जनमा लापर्बाही

विश्व स्वास्थ्य संगठनले संक्रमित व्यक्तिको हेरचाह गर्ने व्यक्तिले मात्रै मास्क लगाउनुपर्ने बताएको छ । स्वस्थ व्यक्तिले मास्कको प्रयोग गर्न आवश्यकनरहेको भएपनि हात भने नियमित धुन डब्लुएचओले सुझाएको छ । उसले खोक्दा वा हाँच्छ्यु गर्दा नाक र मुख छोप्नु पर्ने बताउँदै आएको छ । भरतपुर महानगरपालिकामा मानिसहरू आफ्नो स्वास्थ्यप्रति चिन्तित रहेपनि मास्कको जथाभावी प्रयोग भने बढेको […]

प्रचण्डले बिर्सिएको त्यो बाचा… ‘कोरोना अस्पतालमा जेनेरेटर छैन, एसी चल्दैन’

यति संबेदनशील क्षेत्रमा विद्युत्को आपूर्ति नियमित गर्न वैकल्पक व्यवस्थाकोरुपमा जेनेरटर अति आवश्यक पर्छ । तर यहाँ अहिले रहेको सानो जेनेरेटरले प्रदर्शनी केन्द्रको विद्युत् भारलाई धान्न सक्दैन । भरतपुर, ८ चैत चितवन उद्योग संघले प्रदर्शनी केन्द्रका लागि एयर कन्डीसनर(एसी) जडान गरेको महिनौं बित्यो । मोरङ अटो वक्सबाट करिब ५ करोड रुपैयाँ उधारोमा संघले केन्द्रका तीनवटा हलहरुमा […]