आजबाट नागरिकता, राहदानी सिफारिस, जग्गा पास पनि बन्द

भरतपुर, ९ चैत
कोरोना भाइरस(कोभिड १९)ले निम्त्याउन सक्ने संभावित जोखिमलाई मध्यनजर गर्दै चितवनका विभिन्न कार्यालयहरुले सेवा बन्द गरेको जानकारी गराएका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै चैत २१ गते सम्म कार्यालयबाट हुने नागरिकता वितरण, राहदानी सिफारिस तथा वितरणका कामहरु बन्द गरिएको जानकारी गराएको छ ।

त्यसैगरी मालपोत कार्यालय चितवनले पनि सूचना जारी गर्दै कार्यालयबाट दिइने सम्पूर्ण सेवाहरु चैत २१ गते सम्मका लागि बन्द भएको जानकारी गराएको छ ।

सरकारले आजबाट २१ गते सम्म अत्यावश्यक सेवा बाहेकका कार्यालयहरु बन्द गर्ने घोषणा गरेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट