भोली देखि सार्वजनिक यातायात जिल्लाको नाका कट्न नपाउने

कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले सोमबारदेखि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाएको छ । शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनका लागि यस्तो रोक लगाइएको जानकारी दिएका थिए।

प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख गरेअनुसार लामो दूरीका सवारी चलाउन पाउने आज अन्तिम दिन हो । तर लामो दूरी भनेको कति हो भन्ने आमनागरिकमा जिज्ञासा छ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले कानुनमा २ सय ५० किलोमिटरभन्दा धेरैलाई लामो दूरी भनिने भए पनि हालको परिस्थतिमा त्यसलाई आधार मान्न नमिल्ने बताए। ‘रोगको संक्रमण नफैलियोस् भनेर लामो दूरीको सञ्चालनमा रोक लगाइएको हो। एउटै गाडीमा धेरै जना लामो समय यात्रा गर्दा पनि संक्रमण एउटा व्यक्तिबाट अर्कोमा सर्न सक्छ,’ हमालले भने।

हालको परिस्थितिमा उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रने सार्वजनिक यातायातमा रोक लगाइने उनले बताए। ‘त्यस्तै उपत्यका बाहिरको हकमा जिल्लाभरि सार्वजनिक यातायात चल्न पायो तर जिल्लाको नाका कटेर जान पाउँदैन,’ उनले भने।

निजी सवारी साधन वा मोटरसाइकल/स्कुटरको हकमा भने हालसम्म कुनै निणर्य नभएको उनले जानकारी दिए। ‘हालसम्म यस्ता सवारी साधन रोक लगाउने कुरा छैन। केही नयाँ निणर्य भयो भने हामी सूचना निकाल्छौं,’ उनले भने।

सरकारको यो निणर्यप्रति यातायात व्यवसायीको पूर्ण समर्थन रहेको नेपाल यातायात व्यवसायी महासघंका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्यले बताए। ‘यातायात सेवा बन्द गर्न हामीले अनुरोध गर्नु पर्नेमा सरकार पहिल्यै सजक भएको छ। सार्वजनिक यातायात सेवा एउटा जिल्लाबाट अर्को जिल्ला लैजादैनौं,’ उनले भने।

माक्स र गाडी सफा गर्नको लागि सेनिटाइजर अभाव हुँदा यातायात व्यवसायीलाई छोटो दूरीमा यातायात सेवा दिन समस्या भएको उनले बताए। ‘बजारमा सेजिटाइजर अभाव छ, मास्क छैन। त्यसको व्यवस्था भयो भने हामी निर्धक्क भएर यातायात सेवा दिन सक्छौं,’ कर्मचार्यले सेतोपाटीसँग भने।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट