भारतमा दश दिनका लागि देशभरको रेल सेवा ठप्प हुने

काठमाडौं, चैत ९
भारतीय रेल्वेले दश दिनका लागि देशभरिका रेल सेवा ठप्प गर्ने निर्णय गरेको छ । रेल्वे निकायले वस्तु आपूर्तिका लागि प्रयोग हुने रेल सेवा भने सुचारु रहने प्रष्ट्याएको छ ।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाको अनलाइ संस्करणले रेल्वे अधिकारीलाई उद्धृत गर्दै आइतबार मध्यरातिदेखि सुरु हुने गरी रेल्वे सेवा ठप्प हुन लागेको जनाएको छ । मार्च ३१ सम्म रेल सेवा स्थगित रहने उसले उल्लेख गरेको छ । यद्यपी उसले आज प्रस्थान गरेको रेललाई भने गन्तब्यसम्म पुग्न दिने जनाएको छ ।

भारतीय रेल्वे सञ्जाल विश्वकै सबैभन्दा लामो दूरीमध्येको सञ्जाल अन्तगर्त पर्छ । जसको लम्बाइ करिब एक लाख २३ हजार २३६ किलोमिटर रहेको छ । जसले दैनिक दुई करोड तीस लाख यात्री र तीस लाख टन वस्तु ओसारपोसार गर्छ ।

कोभिड–१९ को संक्रमण भारतमा तीब्र रुपमा फैलिरहँदा सरकारको निर्देशनमा विभागले यस्तो निर्णय लिएको जनाइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट