भारतमा ‘जनता कर्फ्यू’का कारण सार्वजनिक स्थलहरु सुनसान

काठमाडौं, ९ चैत
प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा आज चलिरहेको जनता कर्फ्यूका कारण भारतमा अत्यावश्यक बाहेक सबै सेवा बन्द भएका छन् ।

प्रहरी, सञ्चार माध्यमका अधिकारीहरु, चिकित्सक र सरसफाइका व्यक्तिबाहेक अरुलाई सामान्य अवस्थामा घर नछाड्न भनिएको छ ।

यो राज्यको तर्फबाट लगाइएको कर्फ्यू नभएकाले अत्यावश्यक काम परेर बाहिर निस्कनेहरुलाई प्रहरीले छाडिदिएको छ । तर, सामाजिक सञ्जालमा घरबाहिर निस्कनेहरुलाई प्रहरीले ११ हजार रुपैयाँ जरिवाना गराउँछ भन्ने अफवाहका कारण भने नागरिकहरु त्रसित बनेका छन् ।

जनता कर्फयूका कारण दिल्ली मेट्रो, सयौं रेलगाडीहरु, दिल्लीको थोक बजार, कर्नाट प्लेस र सबैजसो भोजन गृहहरु यतिबेला बन्द छन् । त्यस्तै, सुपरमार्केटहरु, मेट्रो फिडर सेवा, पेट्रोल पम्पहरू, पर्यटक ट्याक्सी पनि आइतबार पूर्ण रुपमा बन्द गरिएको छ ।

सरकारले अत्यावश्यक भनेर तोकेका सेवाबाहेक अरु सबै सेवाहरु स्वतस्फूर्त बन्द गरिएको छ । अर्कोतर्फ, यो कर्फ्यूका बाबजुद पनि दूध पसल, किराना पसल, सीएनजी स्टेशन, अस्पताल, नर्सिङ होम, प्रहरी सेवा र सञ्चार सेवाहरु खुला छन् ।

जनता कर्फ्यूको दिनमा सबैभन्दा मुख्य कुरा अत्यावश्यक बाहेक कसैलाई पनि घरबाट बाहिर ननिस्कन भनिएको छ । यद्यपि अत्यावश्यक सेवा लिनको लागि भने बाहिर जान कुनै रोकतोक छैन ।

एक अर्कालाई भेट्ने, पार्कमा भेला हुने जस्ता काममा प्रतिबन्ध लगाइएको छ । चियापसलमा हरेक बिहान लाग्ने भीड रोक्न चिया पसल बन्द गरिएको छ । नागरिकहरुलाई समेत अनावश्यक काममा बाहिर नटहलिन सरकारले आग्रह गरेको छ ।


.

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट