स्थानीय निकाय सुनसान, भरतपुर महानगरको सरसफाई र दमकल बाहेकका सेवा बन्द

भरतपुर, ९ चैत
सरकारले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै अतिआवश्यक सेवा दिने बाहेकका कार्यालय बन्द गर्ने घोषणा गरेपछि आज चितवनका स्थानीय निकायहरु सुनसान रहे ।

सेवाग्राहीको अत्याधिक चाप हुने भरतपुर महानगरपालिकामा आज दिउँसो फाट्ट–फुट्ट सेवाग्राहीहरु आएपनि महानगरमा रहेका कर्मचारीहरुले सेवा बन्द भएको भन्दै फर्काएका थिए ।

भरतपुर महानगरपालिकाले दिउँसो सार्वजनिक सूचना नै जारी गरेर सरसफाई र दमकल बाहेकका महानगरपालिका तथा वडाहरुले दिने सम्पूर्ण सेवाहरु चैत २१ गते सम्मका लागि बन्द भएको जानकारी दिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट