तासको खालबाट एक लाख नगद सहित ५ जना पक्राउ

रत्ननगर, ९ चैत
ईलाका प्रहरी कार्यालय टाँडीले तासको खालबाट १ लाख रुपैयाँ सहित पाँच जनालाई पक्राउ गरेको छ ।

रत्ननगर नगरपालिका–१३ स्थित श्रीभक्त घिमिरेको खाली गोठमा मानिसहरु भेला भई तास खेलिरहेको सूचनाको आधारमा प्रहरीले छापामारेको थियो । उक्त स्थानबाट ३ बुक तास सहित नगद एक लाख चार हजार छ सय रुपैयाँसहित पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा रत्ननगर–२ बस्ने ४२ वर्षीय रुपेस भट्ट, रत्ननगर–१३ बस्ने ३७ वर्षीय तेजबहादुर खत्री, सोही स्थानका ४१ वर्षीय ईन्द्रबहादुर भण्डारी, ४१ वर्षीय मोहन सुबेदी र २८ वर्षीय राजिव पाठक रहेको ईलाका प्रहरी कार्यालय रत्ननगरले जानकारी दियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट