विश्व स्वास्थ्य संगठनले संक्रमित व्यक्तिको हेरचाह गर्ने व्यक्तिले मात्रै मास्क लगाउनुपर्ने बताएको छ । स्वस्थ व्यक्तिले मास्कको प्रयोग गर्न आवश्यकनरहेको भएपनि हात भने नियमित धुन डब्लुएचओले सुझाएको छ । उसले खोक्दा वा हाँच्छ्यु गर्दा नाक र मुख छोप्नु पर्ने बताउँदै आएको छ । भरतपुर महानगरपालिकामा मानिसहरू आफ्नो स्वास्थ्यप्रति चिन्तित रहेपनि मास्कको जथाभावी प्रयोग भने बढेको छ ।
शिव गौतम
चैत ८, भरतपुर
कोरोना भाइरसको संक्रमण विश्वभर फैलदा विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि जोखिमयुक्त मुलुकको सूचीमा राखेको छ । सर्वसाधारण केही त्रसित देखिएका छन् जसकारण मास्कको खपत बढेको छ । बजारतिर हिँड्दा पनि पाइलैपिच्छे मास्क लगाएका मानिसहरू भेटिने गरेका छन् ।

विश्व स्वास्थ्य संगठनले संक्रमित व्यक्तिको हेरचाह गर्ने व्यक्तिले मात्रै मास्क लगाउनुपर्ने बताएको छ । स्वस्थ व्यक्तिले मास्कको प्रयोग गर्न आवश्यकनरहेको भएपनि हात भने नियमित धुन डब्लुएचओले सुझाएको छ । उसले खोक्दा वा हाँच्छ्यु गर्दा नाक र मुख छोप्नु पर्ने बताउँदै आएको छ । भरतपुर महानगरपालिकामा मानिसहरू आफ्नो स्वास्थ्यप्रति चिन्तित रहेपनिमास्कको जथाभावी प्रयोग भने बढेको छ ।

रोगको संक्रमण हुनसक्ला भनेर स्वस्थ व्यक्तिले समेत मास्कको प्रयोग गर्ने गरेका छन् । जसकारण चिकित्सकहरूका लागि नै मास्क पाइन छाडेको छ । त्यस्तैस्थानीयहरूले प्रयोग गरिएको मास्कको विसर्जनमा ध्यान नपु¥याएको देखिएको छ । मास्कको प्रयोग गर्ने विधि र प्रयोग भइसकेका मास्कलाई विसर्जन गर्ने तरिकाका बारेमा मास्कका उपभोक्तालाई पर्याप्त जानकारी नै छैन । पछिल्ला दिन फुटपाथ तथा झाडीमा यत्रतत्र डिस्पोजेबल मास्कफालिएको भेटिने गरेको छ । प्रयोग भइसकेको मास्कलाई जथाभावीफाल्दा कोरोनाका साथै अन्य श्वासप्रश्वास सम्बन्धी रोगको संक्रमण हुने खतरा पनि बढी हुन्छ ।

डब्लुएचओले एक पटक प्रयोग गरिएको मास्कले अर्काे पटक संक्रमणबाट बचाउन नसक्ने उल्लेख गरेको छ । मास्क विशेष गरी नाक र मुख छोप्न प्रयोग गरिन्छ । डिस्पोजेबल मास्क लगाउँदा निलो भागलाई बाहिर पारेर लगाउनु पर्ने र मास्कलाई अनुहारबाट उतार्दा नाङ्गो हातले सो भागलाई छुन नहुने चिकित्सकहरू बताउँछन् । प्रत्येक पटक मास्क फेर्दा हात अनिवार्य धुनुपर्ने डब्लुएचओले बताएको छ । एक पटक प्रयोग भइसकेको मास्कलाई जमिनमुनि गाडेर वा जलाएर बिसर्जन गर्नु उत्तम मानिन्छ ।

यता भरतपुर महानगरपालिकाको ब्यस्त शहरी क्षेत्रमा डिस्पोजेबल मास्क जथाभावीफालिदा त्यसले स्थानीयको स्वास्थ्यमा प्रतिकूल असर नगर्ला भन्न सकिँदैन । “मास्कलाई खुला ठाउँमा फाल्दा हावाका माध्यमबाट कीटाणुहरू सर्न सक्ने सम्भावना हुन्छ”, जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक प्रसादतिवारीले भने । कपडाको मास्क प्रयोग गर्ने गरेको भए निर्मलीकरण गनुपर्ने उनले बताए । “डिस्पोजेबल मास्क एक पटक प्रयोग गरेपछि फेरि कामलाग्दैन, त्यसलाई सुरक्षित ठाउँमा विसर्जन गरिनुपर्छ”, उनले भने, “कपडाको मास्क भने धोएर पनि पुनः प्रयोग गर्न सकिन्छ ।”
मास्कको विसर्जनमा ध्यान नदिने हो भने कोरोनासँगै अरु नै प्रकृतिको भाइरसबाट मानिसहरू संक्रमित हुन सक्ने सम्भावना पनि बढेर जान सक्छ ।




