राेनाल्डाेकाे पाेर्चुगल पनि विश्वकपबाट अाउट

भरतपुर, १७ असार।  विश्वकप अन्तिम १६ अन्तर्गत उरुग्वेले पोर्चुगललाई २-१ को स्कोरले हराएको छ । उरुग्वेका लागि स्ट्राइकर एडिन्सन काभानीले दुई गोल गर्न सफल रहे । खेलको सातौं मिनेटमै उरुग्वेले खेलमा अग्रता लिन सफल भएको हो । लुइस स्वारेजको क्रसमा काभानीले हेडिङ गर्दै गोल गरेका थिए । ५५ औं मिनेटमा पोर्चुगलका लागि डिफेन्डर पेपेले गोल […]

अर्जेन्टिनालाई हराउँदै फ्रान्स विश्वकपकाे क्वार्टरफाइनलमा

भरतपुर, १६ असार । केलिन एम्बाप्पेको दुई गोलको मदतमा अर्जेन्टिनालाई हराउँदै फ्रान्स विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको नकआउट चरणको पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोल अन्तरले हराएको हो । दोस्रो हाफको सुरुमा नै गोल खाएको फ्रान्स ११ मिनेट तीन गोल गर्दै खेलमा फर्किएको थियो । उसका लागि एम्बाप्लेले लगातार दुई गोल […]

ज्योति युवा क्लबमा बुद्धिको नेतृत्व

भरतपुर, १६ असार । भरतपुर–८, गौरीगञ्जस्थित ज्योति युवा क्लबको अध्यक्षमा बुद्धिसागर कँडेल निर्वाचित भएका छन् । क्लबको १८ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनले कँडेललाई अध्यक्षमा चयन गरेको हो । ‘आजको आवश्यकता, सामाजिक कार्यमा सहभागिता’ मूल नाराका साथ स्थापना भएको क्लबले विशेषगरी सामाजिक सेवाका क्षेत्रमा काम गर्दै आइरहेको छ । संस्थाले सामाजिक रुपान्तरणमा युवालाई […]

चौतर्फी विरोध भएपछि डा केसीलाई हिरासतबाट छाडियो

जुम्ला,१६ असार । चौतर्फी विरोध भएपछि डा गोविन्द केसीलाई पक्राउ गरेको जुम्ला प्रहरीले  रिहा गरेको छ। चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर ल्याउन खोजिएको भन्दै  आमरण अनसनमा बस्न लागेका डा गोविन्द केसीलाई प्रहरीले मध्याह्न पक्राउ गरेको थियो। पक्राउपछि उनले हिरासतमै अनसन सुरु गरेका थिए। डा केसीले हिरासतमै अनसन सुरु गरेपछि र जुम्लाका स्थानियले समेत डा केसीको […]

शेयर बजार ः एक अर्ब बढीको कारोबार

१६ असार (रासस) ः धितोपत्र बजारमा यस साता कूल १८६ कम्पनीको रु एक अर्ब चार करोड १६ लाख २३ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार ३६ लाख ७९ हजार ६०० कित्ता शेयर यस साता खरिद बिक्री भएको हो । कारोबार रकम गत साताको भन्दा ७ दशमलव २५ प्रतिशत कम हो । […]

लघुकथा : माया

लीलाराज दाहाल कृष्णबहादुर सानैदेखि उत्ताउलो नभएपनि उमेरको सिंढी चढ्दै जाँदा उसमा चन्चलताको रस भरिंदै आएको थियो । उसको बदलिंदै गएको बानीबाट सशंकित उसका बाबुआमाले तत्काल उसको बिहे गराइदिए । बाइस वर्षे उमेरमा ऊ बेहुलो बनेको थियो । विवाहपछि केही समय उसको मन स्थिर रहेपनि पछि ऊ पुरानै बानीको लिकमा हिंड्न थाल्यो । पाँचवर्षको अन्तरालमा ऊ […]

संस्मरण: मेरो मानसपटलमा कलकत्ता

ईन्द्र रेग्मी कलकत्ता अर्थात ‘कोलकाता’ कुनै समयमा दक्षिण एसियाकै सबैभन्दा ठूलो शहर । उद्योगधन्दाले भरिभराउ । भारतमा सबैभन्दा शिक्षित कहलाईएको पश्चिम बङ्गालको राजधानी कलकत्ता । लगातार तीन दिन दशक सम्म एकलौटी रुपमा शासन गरेको शहर । यस्तो शहर कलकत्तामा वि. सं. २००५ साल मंससिर १६ गते म जन्मन पुगेको थिएँ । पिताजी इन्डियन अक्सिजन कम्पनीमा […]

गगन थापा : एक्लो बृहस्पति

धनराज गिरी सामाजिक रुपान्तरण ख्यालठट्टा होइन र होइन दुई दिनको कुरामा पनि । गफ हाँक्न र आदर्श छाँट्न जसलाई पनि आउँछ र व्यवहारमा उतार्न परेमा कसैलाई पनि सरल हुँदैन । सिद्धान्त आफैंमा एउटा साधन हो, साध्य होइन । चितवनमा यतिखेर एउटा प्रयोग भइरहेको छ । विभिन्न प्रयोगहरु भए, गए । एक युवा विचारक र लेखक […]

चीनमा भएको दुर्घटनामा परी १८ को मृत्यु, १४ घाइते

चाङ्सा, चीन, १६ असार (रासस÷सिन्ह्वा) ः चीनको मध्यभागमा पर्ने हुनान प्रान्तमा भएको सडक दुर्घटनामा परी १८ व्यक्तिको मृत्यु भएको छ । शुक्रबार राती भएको यस दुर्घटनामा परी अन्य १४ घाइते भएका छन् । स्थानीय अधिकारीले दुर्घटना र यसबाट भएका हताहतको शनिबार जानकारी दिएका छन् । स्थानीय समयानुसार शुक्रबार बेलुका ८ः४१ मा दुर्घटना भएको थियो । […]

सिम्रिक एयरको हेलिकप्टर ग्राण्डी अस्पतालमा दुर्घटनाग्रस्त

१६ असार । सिम्रिक एयरको  नाइन एन एएलएमआर  हेलिकप्टर ग्राण्डी अस्पतालमा दुर्घटनाग्रस्त बनेको छ । अस्पतालमा ल्याण्ड गर्ने क्रममा  हेलिकप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा कुनै मानवीय क्षति भने नभयको काठमाडौँ प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेल ले जानकारी दिय । हेलिकप्टरमा रहेका क्याप्टेन हरेराम थापा सकुशल छन् । हेलिकप्टरमा सामान्य क्षति पुगेको छ। तस्बिर देवराज न्यौपाने

डाक्टर केसी पक्राउ

जुम्ला,१६ असार ।  प्रहरीले डाक्टर गोविन्द केसीलाई जुम्लामा पक्राउ गरेको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै केसीलाई पक्राउ गरेको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अनसन बस्न जुम्ला पुगेका डा । गोविन्द केसी आफ्ना समर्थकसहित जिल्ला प्रशासन कार्यालय अगाडि नै धर्नामा बसेका थिय । शुक्रबार जिल्ला प्रशासन कार्यालय जुम्लाले विज्ञप्ति निकालेर प्रशासन […]

निषेधाज्ञ तोडेर डा. केसी बसे धर्नामा

१६ असार, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अनसन बस्न जुम्ला पुगेका डा. गोविन्द केसी आफ्ना समर्थकसहित जिल्ला प्रशासन कार्यालय अगाडि नै धर्नामा बसेका छन् । अनसनस्थल जाँदै गर्दा बाटैमा प्रहरीले रोकेपछि उनी जिप्रकामा सहर्थन सहित धर्नामा बसेका हुन् । डाक्टर केसी प्रशासनले  तोकेको निषेधित क्षेत्र तोडेर धर्नामा बसेका छन् । शान्तिपूर्ण रुपमा विरोध […]

मनसुन सक्रिय हुँदै, देशभर वर्षा हुने

१६ असार  ः मनसुन सक्रिय भएसँगै आगामी तीन दिनसम्म देशका पूर्व र पश्चिमका धेरै जसो स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तीन दिनको मौसम पूर्वानुमानको अवस्थाबारे महाशाखाले विज्ञप्ति निकालेर आजदेखि तीन दिनसम्म पूर्व र पश्चिमका धेरै स्थानमा हल्कादेखि मध्यम र एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना औंल्याएको हो । मध्य र […]

तीन किलो सुनसहित दुईजना पक्राउ

१६ असार ः महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । परिसर अन्तर्गत रहेको महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले आज बिहान ११.३० बजे चेकजाँचका क्रममा भारतका १९ वर्षीय दीपककुमार मोर्रे र कञ्चनपुरका २३ वर्षीय मनोज विकलाई पक्राउ गरेको हो । परिसरका प्रमुख विश्वराज पोखरेलले मारुती ८०० लेखेको गाडीको एयर […]

यी ब्लडग्रुपका पुरुषहरुमा नपुंसकताको खतरा बढी

१६ असार । यदि सेक्स जीवन बर्बाद हुदैछ भने तपाईको रहन-सहन होइन ब्लडग्रुप जिम्मेदार हुनसक्छ। बढ्दो तौल, मधुमेह र उमेरक कारण पुरुषको सेक्स लाइफमा असर पर्ने गर्छ। हालै गरिएका नयाँ अनुसन्धानहरुले यी कारण बाहेक ब्लड ग्रुपको कारण पनि सेक्स लाइफमा असर पर्न सक्ने पत्ता लगाएको छ। अध्ययन अनुसार A, B, AB ब्लडग्रुप हुने पुरुषमा O […]

दुई हजार बालबालिकाको आँखामा दृष्टिदोष

चितवन, १६ असार  ः भरतपुर आँखा अस्पतालले देशका आठ जिल्लाका ६७ हजार ६४८ बालबालिकाको आँखा परीक्षण गर्दा एक हजार ९५२ जनाको आँखामा दृष्टिदोष पाइएको छ । अस्पतालले यस वर्षको ११ महिनामा १४४ वटा स्कुलमा बच्चाको आँखाको परीक्षण गरेको थियो । अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार अस्पतालले चितवन, बारा, पर्सा, मकवानपुर, नवलपुर, तनहुँ, गोर्खा र […]

जुम्लामा अनसन बस्न डाक्टर केसीलाई प्रतिवन्ध

असार १६/ जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सनसन बस्ने घोषणा गरेका डाक्टर गोविन्द केसीलाई स्थानीय प्रशासनले अनसन बस्न प्रतिबन्ध लगाइएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय जुम्लाले विज्ञप्ति निकालेर प्रशासन कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दुई सय मिटर वरपर कुनै पनि प्रकारको अनसन, आन्दोलन तथा विरोध प्रदर्शन गर्न नपाइने जनाएको हो। चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर […]

विश्वकप फुटबल : आजदेखि नकआउट चरणको  खेल सुरु हुँदै

मस्को,१६ अषाढ  । रसियामा जारी विश्वकप फुटबलमा आजदेखि नकआउट चरणको  खेल सुरु हुँदैछ । नकआउट चरणको पहिलो खेलमा आज पुर्व विजेता टोली फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा उरुग्वे र पोर्चुगलले एकअर्काको सामना गर्दैछन् । दुईपटकको उपाधी विजेता अर्जेन्टिना र एकपटकको विजेता फ्रान्स उपाधिका लागि मुख्य दावेदार मानिएका टोली हुन् । अर्जेन्टिना र […]

असुरक्षित छोरी: बलात्कार घटनामा बालिका बढी

विप्लव काफ्ले/कायाकैरन भरतपुर,१६ असार । चितवनमा बालबालिकामाथि यौन दुव्र्यवहारका घटना घटेको छैन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनले जारी गरेको पछिल्लो छ महिनाको तथ्यांकले यसलाई थप प्रष्ट्याउँछ । जिल्लामा बालबालिका असुरक्षित बन्न पुगेको उक्त तथ्यांकले स्पष्ट पार्छ । बालबालिका जबरजस्ती करणीका घटना बढ्न थालेकोले असुरक्षित बन्दै गएको इन्सेकको भनाइ छ । अर्धवार्षिक प्रतिवेदनमा जबरजस्ती […]

खाद्य सुरक्षामा आत्मनिर्भरताको खोजी

धु्रवराज खनाल/कायाकैरन रत्ननगर,१६ असार । चितवनको राप्ती नगरपालिका खाद्य सुरक्षाको हिसाबले मजवुत देखिएको छ । यस नगरपालिकामा कृषियोग्य भूमि ५ हजार ३ सय हेक्टर रहेको छ । जसमध्ये वर्षे धानको क्षेत्रफल ४ हजार १ सय ८० हेक्टर तथा चैते धानको उत्पादन क्षेत्रफल १ हजार २ सय ५४ हेक्टर रहेको छ । यहाँ वर्षे धान १५ […]