निषेधाज्ञ तोडेर डा. केसी बसे धर्नामा

१६ असार, जुम्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अनसन बस्न जुम्ला पुगेका डा. गोविन्द केसी आफ्ना समर्थकसहित जिल्ला प्रशासन कार्यालय अगाडि नै धर्नामा बसेका छन् । अनसनस्थल जाँदै गर्दा बाटैमा प्रहरीले रोकेपछि उनी जिप्रकामा सहर्थन सहित धर्नामा बसेका हुन् ।

डाक्टर केसी प्रशासनले  तोकेको निषेधित क्षेत्र तोडेर धर्नामा बसेका छन् । शान्तिपूर्ण रुपमा विरोध गर्न पाउनु आफ्नो अधिकार भएको भन्दै आफूलाई प्रतिष्ठानमा अनसन बस्न नदिएसम्म धर्नामा बस्ने डाक्टर केसीले बताएका छन् ।जिल्ला प्रशासन कार्यालय परिसरमा अहिले केसीका समर्थकहरु हातमा प्लेकार्ड लिएर बसेका छन् । सुरक्षार्मी भने माइकिङ गर्दै धर्ना छाड्न आग्रह गरिरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट