विश्वकप फुटबल : आजदेखि नकआउट चरणको  खेल सुरु हुँदै

मस्को,१६ अषाढ  । रसियामा जारी विश्वकप फुटबलमा आजदेखि नकआउट चरणको  खेल सुरु हुँदैछ ।
नकआउट चरणको पहिलो खेलमा आज पुर्व विजेता टोली फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा उरुग्वे र पोर्चुगलले एकअर्काको सामना गर्दैछन् ।
दुईपटकको उपाधी विजेता अर्जेन्टिना र एकपटकको विजेता फ्रान्स उपाधिका लागि मुख्य दावेदार मानिएका टोली हुन् । अर्जेन्टिना र फ्रान्सबीचको प्रतिस्पर्धाको अर्थ रोचक खेल मात्र हैन, दक्षिण अमेरिका र युरोपेली फुटबलबीचको प्रतिस्पर्धा पनि हो ।
यस्तै उरुग्वे र पोर्चुगलबीच हुने खेललाई पनि बलियो आक्रमणबीचको प्रतिस्पर्धा मानिएको छ ।नेपाली समयअनुसार फ्रान्स र अर्जेन्टिनाको खेल आज राती ७ः४५ मा हँुदैछ । त्यस्तै पोर्चुगल र उरुग्वबीचको दोस्रो खेल आज राती ११ः४५ मा सुरु हुनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट