डाक्टर केसी पक्राउ

जुम्ला,१६ असार ।  प्रहरीले डाक्टर गोविन्द केसीलाई जुम्लामा पक्राउ गरेको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै केसीलाई पक्राउ गरेको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अनसन बस्न जुम्ला पुगेका डा । गोविन्द केसी आफ्ना समर्थकसहित जिल्ला प्रशासन कार्यालय अगाडि नै धर्नामा बसेका थिय ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय जुम्लाले विज्ञप्ति निकालेर प्रशासन कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दुई सय मिटर वरपर कुनै पनि प्रकारको अनसन, आन्दोलन तथा विरोध प्रदर्शन गर्न नपाइने जनाएको हो।

चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर ल्याउन खोजिएको भन्दै डा. केसी अनसनका लागि शुक्रबार राति जुम्ला सदरमुकाम पुगेपछि स्थानीय प्रशासनले अनसन बस्न नपाउने क्षेत्र निर्धारण गरेको हो। डाक्टर केसीले सरकारले चिकित्सा विधेयक तोडमोड गरेर ल्याउन लागेपछि सरकारलाई ध्यानआकर्षण गर्न तथा निर्णायक आन्दोलनको रुपमा १५ औँ अनसनको घोषणा गरेका थिए।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट