राेनाल्डाेकाे पाेर्चुगल पनि विश्वकपबाट अाउट

खेलको सातौं मिनेटमै उरुग्वेले खेलमा अग्रता लिन सफल भएको हो । लुइस स्वारेजको क्रसमा काभानीले हेडिङ गर्दै गोल गरेका थिए । ५५ औं मिनेटमा पोर्चुगलका लागि डिफेन्डर पेपेले गोल गर्दै पोर्चुगललाई खेलमा फर्काएका थिए ।

तर उरुग्वे ६२ औं मिनेटमा फेरी अग्रता लिन सफल भएको हो । काभानीले बक्स छेऊबाट सुन्दर गोल गर्दै उरुग्वेको जित सुनिश्चित गरेका हुन् । यस जितसंगै उरुग्वे अन्तिम ८ मा प्रवेश गरेको छ भने क्रिस्टियानो रोनाल्डो सम्मिलित पोर्चुगल घर फर्किन बाध्य भएको छ ।

यस अघि मेस्सी सम्मिलित अर्जेन्टिना फ्रान्ससंग ४-३ ले पराजित भएको थियो । अब क्वाटरफाइनलमा उरुग्वे र फ्रान्स भिड्ने छन् । (हाम्राे खेलकुद)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट