सौराहा, ३० चैत ।
देशको प्रमुख पर्यटन गन्तव्य सौराहाको होटल आइकावा इन प्रालिले न्यू इयर इभ स्पेसल डिनर आयोजना गर्दैछ । सौराहा कै एकमात्र चारतारे होटल आइकावाले यस अवसरमा विभिन्न मुलुकका खानाका परिकारको बफे व्यवस्था गरेको छ ।
नयाँ वर्ष २०८१ मा सौराहा घुम्न आउने पर्यटकलाई लक्षित गरी बफेको आयोजना गरिएको होटलका प्रबन्ध निर्देशक घनश्याम शर्मा अर्यालले बताए । `नयाँ वर्ष २०८१ मनाउन सौराहामा स्वदेशी एवम् बिदेशी पर्यटकको चहलपहल बढिसकेको छ । हामीले पर्यटकलाई लक्षित गरेर विभिन्न मुलुकका खानाका परिकारहरू व्यवस्था गरेका छौँ´, प्रबन्ध निर्देशक अर्यालले भने – `आइकावामा नेपाली खाना सँगसँगै नेवारी, जापानी, चाइनिज, कोरियन, इटालियन, इन्डियन, बाङ्लादेशी साथै युरोपियन खानाका परिकारहरू उपलब्ध हुनेछन् ।´
होटलमा अनलिमिटेड स्न्याक्स, बिबिक्यू, मेन कोर्स साथै अनलिमिटेड सफ्ट िड्रङ्क्स पनि सुविधा रहेको उनलेे बताए । बफेमा प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
सौराहामै पहिलोपटक होटल आइकावाले होटल भित्र नै साउना र स्टिम बाथ सञ्चालनमा ल्याएको छ । यहाँ रुम गेस्टका लागि अरुबेला पनि २४ घण्टा नै रेस्टुरेन्ट, बार र क्याफे खुला राखिएको छ । आइकावामा डिलक्स, सुपर डिलक्स, एक्जिक्युटिभ र प्रेसिडेन्सिएल सुइट गरी ४ श्रेणीका रुमहरू छन् । आइकावाको आरामदायी बसाइ र उत्कृष्ट आतिथ्यलाई विदेशी पर्यटकले बेस्सरी रुचाएको प्रबन्ध निर्देशक अर्यालले बताए ।