भरतपुर, १५ वैशाख ।
वीरेन्द्र बहुमुखी क्याम्पस एल्मुनाई एसोसिएसनको ६० औँ स्थापना दिवसका अवसरमा प्रतियोगितात्मक कविगोष्ठी एवम् रचनावाचन कार्यक्रम गरिएको छ ।
प्रतियोगितामा रोहण खनालको `नेपाल नै सुन्दर´ कविता प्रथम भएको छ । त्यसैगरी यमुना न्यौपानेको `मनुष्यता बचाइयोस्´ शीर्षकको कविता द्वितीय र उपेन्द्र त्रिपाठीको `थाल´ शीर्षकको कविता तृतीय ठहरिएका छन् ।
त्यसैगरी प्रोत्साहन पुरस्कार भरतबाबु ढकाल र सूर्यमणि रेग्मीलाई प्रदान गरिएको छ ।
प्रतियोगिताको निर्णायकमा जगन्नाथ पण्डित, केशवराज आमोदी र विद्या भण्डारी चिराग रहेका थिए ।
कार्यक्रम संयोजक प्रकाश चापागाईं र प्रमुख अतिथि प्राध्यापक डाक्टर चूडामणि बन्धुले पुरस्कृत स्रस्टालाई नगद र प्रमाणपत्र उपलब्ध गराए । प्रतियोगितामा २२ जनाले सहभागिता जनाएका थिए ।