भरतपुर, २० चैत ।
नारायणगढस्थित पुष्पाञ्जली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक फणीन्द्र अधिकारी सम्मानित भएका छन् । ६७ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड चिस्कुनले उत्कृष्ट कर्मचारीका रूपमा अधिकारीलाई सम्मान गरेको हो ।
चितवन जिल्लामा सञ्चालित सहकारीहरूमा कार्यरत कर्मचारीहरू मध्ये अधिकारी प्रथम भएका हुन् । सोमबार भरतपुरमा आयोजित कार्यक्रममा नेफ्स्कुनमा अध्यक्ष चन्द्रप्रसाद ढकाल र चिस्कुनका अध्यक्ष विद्या कोइरालाले अधिकारीलाई सम्मान गरेका हुन् ।
सहकारीको प्रगति मूल्यांकन, सुशासन र स्वमूल्यांकनका आधारमा आर्थिक वर्ष २०७९/०८० मा कुल पुँजी ३० करोडभन्दा माथि कारोबार गर्ने सहकारी संस्थाका कर्मचारी मध्ये अधिकारी अब्बल ठहरिएका हुन् ।