भरतपुर, १७ चैत ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन भरतपुर महानगर समितिको पाँचौँ नगर परिषद् तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भरतपुर महानगर समितिका अध्यक्ष दुर्गाप्रसाद सापकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि सङ्गठनका केन्द्रीय कोषाध्यक्ष सूर्यराज बराल रहेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि रमाकान्त सापकोटा, लक्ष्मीकान्त चालिसे, अनोज जोशी, हरि आचार्य, तेजेन्द्र भुषाल, भीमकुमारीलगायतले मन्तव्य राखेका थिए । परिषदमा अध्यक्ष दुर्गाप्रसाद सापकोटाले साङ्गठनिक प्रतिवेदन तथा कोषाध्यक्ष यमुना प्रकाश बरालले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
भरतपुर महानगरभित्रका दुई सय जनाभन्दा बढी शिक्षकहरूको उपस्थितिमा भएको उक्त कार्यक्रममा शिक्षक लीलालाथ न्यौपाने, टीकानिधि गौतम, रुपा पाण्डे, मेनुका भुषाल, बिष्णुमाया दवाडी, चन्द्र बराल, कृष्ण सुदामा, नवराज पोखरेललाई सम्मान गरिएको छ ।
उपाध्यक्ष बिष्णुप्रसाद सापकोटाले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन सचिव विपिन पाठक र सुझाव तथा गुनासोको अभिलेखन विपिन बस्नेतले गरेका थिए ।