भरतपुर, १३ वैशाख ।
उपनिर्वाचन अन्तर्गत बाराको क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् ।
हिजो मंगलबार अर्का प्रतिष्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले मतान्तर घटाएर २६ मा झारेपनि रातभरको गणनामा यादव ५ हजार ८१ मतले विजयी भएका हुन् ।
यादवले २८ हजार ४ सय १५ मत पाउँदा कुशवाहले २३ हजार ३ सय ३४ मत ल्याएका छन् ।
तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार ८ सय २९ मत ल्याएका छन् ।
चितवन २ मा राष्ट्रिय स्वतनन्त्र पार्टीका रवि लामिछाने र तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकै स्वर्णिम वाग्लेले शानदार जित निकाल्दा बारामा भने रमेश खरेल चौथो स्थानमा छन् ।
आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले २ हजार ७ सय ३८ मत प्राप्त गरेका छन् ।