शालिग्राम करिडोरमा ४३१ किलोमिटर कालीगण्डकी पदयात्रा हुने

भरतपुर, २० जेठ । चितवन, तनहुँ र नवलपरासीकाे सङ्गम देवघाटधामबाट दामोदरकुण्डसम्म ऐतिहासिक कालीगण्डकी पदयात्रा गरिने भएको छ । धार्मिकस्थल देवघाटस्थित महेश सन्यास आश्रमको संयोजनमा जेठ २२ गतेदेखि शालिग्राम करिडोरको ४३१ किलोमिटर दूरीको पदयात्रा गरिने भएको हो । जनस्तरमा गण्डकीको महत्व र सम्भावनालाई प्रचारप्रसार गरेर कालीगण्डकी, तिनका किनारमा अवस्थित सिद्ध तीर्थस्थल र समग्र कालीगण्डकी सभ्यताको संरक्षण […]
सरकार यातायात व्यवसायीकाे पक्षमा उभिएपछि राइडर्सहरू रूष्ट

भरतपुर, २० जेठ । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमावली कार्यान्वयन १ महिना स्थगित गर्ने निर्णय गरेपछि राइडर्सहरु असन्तुष्ट बनेका छन् । सेल्फ ड्राइभ पोखरा तथा राइड सेयरिङ व्यवसायी परिवारले गण्डकीका मुख्यमन्त्रीलाई पत्र लेख्दै नियमावली स्थगन नगर्न आग्रह गरेका हुन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली कार्यान्वयन एक महिनाका लागि स्थगित […]
यातायात व्यवसायीको आन्दोलन फिर्ता, बुधबारदेखि यातायात सञ्चालन हुने

काठमाडौं, २० जेठ । यातायात व्यवसायीहरूले जारी आन्दोलन फिर्ता लिएका छन् । बुधबारदेखि देशभर सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । सार्वजनिक यातायात केन्द्रीय महासङ्घका महासचिव भरत नेपालले आन्दोलन फिर्ता लिइएको जानकारी दिए । आफ्ना माग पूरा नभएका भन्दै यातायात व्यवसायीले जेठ १६ गतेदेखि गण्डकी प्रदेशमा र जेठ १९ गतेदेखि देशभर सार्वजनिक यातायात बन्द गराएका […]
नेपाल मै पहिलोपटक भरतपुरमा रक्तदान महोत्सव

चितवन, २० जेठ । विश्व रक्तदाता दिवस – २०२५ को विशेष अवसरमा नेपालमै पहिलोपटक ऐतिहासिक रक्तदान महोत्सव यही जेठ ३१ गते (जुन १४) भरतपुरस्थित उद्योग संघको सभाहलमा आयोजना हुँदैछ । ब्लड डोनर्स सोसाइटी नेपाल, जिल्ला शाखा चितवनको आयोजनामा हुन लागेको यो कार्यक्रमले स्वेच्छिक रक्तदानको संस्कृति मजबुत बनाउने उद्देश्य लिएको छ । कार्यक्रममार्फत १५०० युनिटभन्दा बढी […]
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

हेटौंडा, २० जेठ । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा भएको १५ औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । शनिबारबाट दोलखा जिल्लाको भीमेश्वर नगरपालिकामा सुरु भएको १५ औँ संस्करणको प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ३ दिनसम्म सञ्चालन भएर सोमबार सम्पन्न भएको हो । दोलखास्थित भीमेश्वर नगरपालिकाको टुँडिखेल मैदानमा सोमबार सम्पन्न भएको राष्ट्रपति […]
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख पाण्डे ६ महिनाका लागि निलम्बन

काठमाडौं, २० जेठ । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई निलम्बन गरेका हुन् । आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि निलम्बन गरिएको बुझिएको छ । आमा ब्रेन ह्यामरेज भएर जीवनमरणको दोसाँधमा […]
रविको इच्छा डिल्लीबजार

काठमाडौं, २० जेठ । पूर्वगृहमन्त्री रवि लामिछानेले सर्वोच्च अदालतको आदेशपछि थुनाको अवधि लम्बिएसँगै रुपन्देहीबाट काठमाडौंको डिल्लीबजार कारागारमा सरुवा हुन इच्छा व्यक्त गरेका छन् । सुरुमा रुपन्देहीमै ठिक लागेको बताए पनि पछिल्लो अदालतको आदेशपछि थुना अवधि थप लम्बिने भएपछि राजधानी सरुवाको चाहना जनाएका हुन् । कारागार प्रशासनले उनको आग्रहअनुसार प्रक्रिया अघि बढाइसकेको छ। लामिछानेलाई डिल्लीबजार कारागारको […]
कस्तो छ त राजन पौडेलको मुक्तकसङ्ग्रह ‘अनिदो मन’ ?

`अनिदो मन’का मुक्तकमा के छ ? पाठकवृन्द, ‘अनिदो मन’ राजन पौडेलको पहिलो एकल कृति हो भने यसको प्रकाशन उनकै धर्मपत्नी वन्दना पौडेलले गरेकी हुन् । सुरुमा यो कृतिको बाहिरी सौन्दर्यको कुरा गरौँ है । हरेक पृष्ठमा दुई दुईवटा मुक्तक राखी डिमाइ साइजका कूल १२५ पृष्ठमा जम्मा २३० वटा मुक्तकहरु समेटी यो कृति तयार भएको छ […]
मानवअधिकार तथा शान्ति समाज चितवनद्वारा दीप प्रज्वालन

भरतपुर, २० जेठ । मानवअधिकार तथा शान्ति समाजको २९ औँ स्थापना दिवसको अवसरमा समाजको चितवन शाखाले भरतपुरको चौबिसकोठीमा दीप प्रज्वालन कार्यक्रम गरेको छ । शान्ति, मानवअधिकार र सामाजिक चेतनाको सन्देश दिन आयोजित उक्त कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय उपसभापति उद्धव लोहनी, वरिष्ठ उपसभापति राजेन्द्र पौडेल, केन्द्रीय सदस्य शम्भु राउत, पूर्व केन्द्रीय सचिव बाबुहरि […]
५० हजार पुरस्कार पाइने ‘एक्सपर्ट टिकटक स्टार

चितवन, २० जेठ । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस चितवनले ‘एक्सपर्ट टिकटक स्टार’ प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा सहभागिता जनाउन ‘एक्सपर्ट एजुकेसन चितवनबाट वैदेशिक अध्ययन’ विषयमा बढीमा ९० सेकेन्डसम्मको टिकटक भिडियो बनाउनुपर्ने छ । टिकटक भिडियो टिकटक प्रयोगकर्ताले आफ्नै एकाउन्टमा अपलोड गरी @𝐞𝐱𝐩𝐞𝐫𝐭𝐜𝐡𝐢𝐭𝐰𝐚𝐧 लाई ट्याग गरी #𝐄𝐱𝐩𝐞𝐫𝐭𝐓𝐢𝐤𝐓𝐨𝐤𝐒𝐭𝐚𝐫 र #𝐄𝐱𝐩𝐞𝐫𝐭𝐂𝐡𝐢𝐭𝐰𝐚𝐧 ह्यासट्याग गर्नुपर्नेछ । त्यसमध्ये धेरै […]
भरतपुर महानगरद्धाराताराखोला गाँउपालिकासहित ९ पालिकासँग भगिनी सम्बन्ध कायम

चितवन, २० जेठ । मध्य नेपालमा अवस्थित भरतपुर महानगरपालिकाले देशका ९ पालिकासँग भगिनी सम्बन्ध कायम गरेको छ । पछिल्लो समय भरतपुरमा भइरहेको पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रमा मारेको फड्कोले भरतपुरसँग भगिनी सम्बन्ध कायम गर्न खोज्ने पालिका वृद्धि हुँदै गएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले देशका धेरै पालिकाबाट भगिनी अर्थात् मेतेरी […]