मानवअधिकार तथा शान्ति समाज चितवनद्वारा दीप प्रज्वालन

भरतपुर, २० जेठ ।
मानवअधिकार तथा शान्ति समाजको २९ औँ स्थापना दिवसको अवसरमा समाजको चितवन शाखाले भरतपुरको चौबिसकोठीमा दीप प्रज्वालन कार्यक्रम गरेको छ ।

शान्ति, मानवअधिकार र सामाजिक चेतनाको सन्देश दिन आयोजित उक्त कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय उपसभापति उद्धव लोहनी, वरिष्ठ उपसभापति राजेन्द्र पौडेल, केन्द्रीय सदस्य शम्भु राउत, पूर्व केन्द्रीय सचिव बाबुहरि आचार्य तथा पूर्व शाखा सभापति अनन्त ढुङ्गानालगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा गीतानगर जेसीसका उपसभापति मनिता तामाङ, कार्यसमिति सदस्यहरू सुमी गौतम, विश्वराज ढुङ्गाना, खेमराज अधिकारीसहित सामाजिक अभियान्ता र अधिकारकर्मीहरूको पनि उपस्थिति थियो ।

शाखा सचिव जयन्तीप्रसाद उपाध्यायको सञ्चालनमा सम्पन्न कार्यक्रमलाई उपसभापति जीवन केसीले समापन गर्दै सहभागी सबैप्रति आभार व्यक्त गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट