यातायात व्यवसायीको आन्दोलन फिर्ता, बुधबारदेखि यातायात सञ्‍चालन हुने

काठमाडौं, २० जेठ
यातायात व्यवसायीहरूले जारी आन्दोलन फिर्ता लिएका छन् । बुधबारदेखि देशभर सार्वजनिक यातायात सञ्‍चालन हुने भएको छ । सार्वजनिक यातायात केन्द्रीय महासङ्घका महासचिव भरत नेपालले आन्दोलन फिर्ता लिइएको जानकारी दिए ।

आफ्ना माग पूरा नभएका भन्दै यातायात व्यवसायीले जेठ १६ गतेदेखि गण्डकी प्रदेशमा र जेठ १९ गतेदेखि देशभर सार्वजनिक यातायात बन्द गराएका थिए ।  सोमबार राति सङ्घ सरकार र व्यवसायीबीच सहमति भए पनि प्रदेश सरकारले निर्णय नगरेसम्म बन्द जारी रहने भन्दै आज पनि व्यवसायीले देशभर यातायात बन्द गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट