५० हजार पुरस्कार पाइने ‘एक्सपर्ट टिकटक स्टार

चितवन, २० जेठ ।
एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस चितवनले ‘एक्सपर्ट टिकटक स्टार’ प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा सहभागिता जनाउन ‘एक्सपर्ट एजुकेसन चितवनबाट वैदेशिक अध्ययन’ विषयमा बढीमा ९० सेकेन्डसम्मको टिकटक भिडियो बनाउनुपर्ने छ ।

टिकटक भिडियो टिकटक प्रयोगकर्ताले आफ्नै एकाउन्टमा अपलोड गरी @𝐞𝐱𝐩𝐞𝐫𝐭𝐜𝐡𝐢𝐭𝐰𝐚𝐧 लाई ट्याग गरी #𝐄𝐱𝐩𝐞𝐫𝐭𝐓𝐢𝐤𝐓𝐨𝐤𝐒𝐭𝐚𝐫 र #𝐄𝐱𝐩𝐞𝐫𝐭𝐂𝐡𝐢𝐭𝐰𝐚𝐧 ह्यासट्याग गर्नुपर्नेछ । त्यसमध्ये धेरै 𝗩𝗶𝗲𝘄𝘀, 𝗟𝗶𝗸𝗲𝘀 र 𝗦𝗵𝗮𝗿𝗲𝘀 प्राप्त गर्ने उत्कृष्ट प्रतियोगीले नगद ५० हजार रुपैयाँ पुरस्कार पाउने एक्सपर्ट चितवनका बिजनेस डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजालले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगितामा सहभागिता जनाउन असार १५ गतेभित्रमा टिकटक भिडियो पोष्ट गर्नुपर्नेछ । उत्कृष्टताको आधारमा साउन १५ गते विजेता घोषणा गरिनेछ ।

अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट सन् २००३ अगष्ट ८ मा स्थापना भएको हो । एक्सपर्टका हाल २५ देशमा ८८ अफिसहरु रहेका छन् ।

एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके र न्यूजील्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसँगै आइइएलटिएस/पीटीइ कक्षाहरुसमेत सञ्चालन गर्दै आइरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट