काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख पाण्डे ६ महिनाका लागि निलम्बन

काठमाडौं, २० जेठ ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई निलम्बन गरेका हुन् ।

आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि निलम्बन गरिएको बुझिएको छ ।

आमा ब्रेन ह्यामरेज भएर जीवनमरणको दोसाँधमा अस्पतालमा हुँदा आफूलाई निलम्बन पत्र थमाईएको पाण्डेले गुनासो गरे । यस्तो कठिन समयमा पनि मानवीय संवेदनाको ख्याल नगरिएको भन्दै उनले भने – `आमा ‘ब्रेन ह्यामरेज’ भएर जीवनमरणको सङ्घारमा अस्पतालमा हुनुहुन्छ, यस्तो बेलामा मानवीयताको समेत ख्याल गरिएन । मैले राम्रो गरेँ कि नराम्रो गरेँ भन्ने कुरा मलाई केही भन्नु छैन, आम जनताले मूल्याङ्कन गर्नुहोला ।’

एसएसपी राजुनाथ पाण्डेलाई निलम्बन गरिएपछि निमित्त नगर प्रहरी प्रमुखको जिम्मेवारी एसपी विष्णु जोशीलाई दिइएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले प्रमुखमा वरिष्ठ उपरिक्षक (एसएसपी) राजुनाथ पाण्डेलाई निलम्बित गर्दै जोशीलाई निमित्त प्रमुखको जिम्मेवारी दिएका हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट