रविको इच्छा डिल्लीबजार

काठमाडौं, २० जेठ ।

पूर्वगृहमन्त्री रवि लामिछानेले सर्वोच्च अदालतको आदेशपछि थुनाको अवधि लम्बिएसँगै रुपन्देहीबाट काठमाडौंको डिल्लीबजार कारागारमा सरुवा हुन इच्छा व्यक्त गरेका छन् । सुरुमा रुपन्देहीमै ठिक लागेको बताए पनि पछिल्लो अदालतको आदेशपछि थुना अवधि थप लम्बिने भएपछि राजधानी सरुवाको चाहना जनाएका हुन् ।

कारागार प्रशासनले उनको आग्रहअनुसार प्रक्रिया अघि बढाइसकेको छ। लामिछानेलाई डिल्लीबजार कारागारको दीपक मनाङे बसेको ब्लकमा राख्ने तयारी भइरहेको छ । यसअघि त्यहाँ खुमबहादुर खड्का, बालकृष्ण ढुंगेल र गणेश लामा पनि बसेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट