नारायणगढ लेडी जेसीजद्वारा देउजर गाउँमा खाद्य सामग्री तथा जस्ता वितरण

भरतपुर, १६ चैत । नारायणगढ लेडी जेसीजले कालिका नगरपालिका -१० देउजरका स्थानीयलाई सहयोग उपलब्ध गराएको छ । नारायणगढ लेडी जेसीजको संरक्षणमा रहेको जेसीज गाउँका कुल ५२ घरपरिवारलाई खाद्य सामग्री तथा जस्तापाता वितरण गरिएको नारायणगढ लेडी जेसीजकी अध्यक्ष जेसी अनिता श्रेष्ठ अधिकारीले बताइन् । कार्यक्रममा जेसीजका आइपिएनपी सिनेटर अरुणेश्वर खनाल प्रमुख अतिथि थिए । खनालले नारायणगढ […]
तेस्रो अन्तर्राष्ट्रिय चितवन भेटेरान कप चैत १९ गतेदेखि

भरतपुर, १६ चैत । स्वर्गीय दीलिप राणा स्मृति तेस्रो अन्तर्राष्ट्रिय भेटेरान कप फुटबल चैत १९ गतेदेखि हुने भएको छ । चितवन भेटेरान फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिता भरतपुर- ७ स्थित कृष्णपुर रंगशालामा २४ गतेसम्म चल्नेछ । क्लबले यसपटक स्व. राणा स्मृतिको नाममा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा नेपाल र भारतका १६ क्लब सहभागी हुनेछन् […]
राष्ट्रिय महिला लिग : फुटबल पुलिसद्धारा आर्मी पराजित

भरतपुर,१६ चैत । राष्ट्रिय महिला लिग फुटबलको बुधबार भएको दोस्रो खेलमा पुलिसले त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ ले पराजित गरेको छ । पुलिसको जितमा निरु थापा र निर्मला उपाध्यायले गोल गरे । आर्मीकी पुनम जर्घा मगरले एक गोल फर्काईन् । खेलको १२ औं मिनेटमा पुलिसले अग्रता लियो । आर्मीकी डिफेन्डरले पुलिसकी फर्वाड निर्मला विकलाई डिबक्स […]
चितवनमा बसले मोटरसाइकललाई ठक्करदिँदा श्रीमानश्रीमतीको मृत्यु

रत्ननगर, १६ चैत । रत्ननगर नगरपालिका- १० भानुचोकमा बुधबार साँझ भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख १९० नम्बरको नारायणी यातायातको बसले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश ०३- ००२ प १८९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलका चालक रत्ननगर नगरपालिका- २ का ५५ वर्षीय निरञ्जन […]
४० लाखभन्दा बढी युक्रेनीले देश छाडे: राष्ट्रसंघ

जेनेभा, १६ चैत । रुसको युद्धबाट बच्न ४० लाखभन्दा बढी युक्रेनीहरू अहिले देश छोडेर भागेको संयुक्त राष्ट्रसंघको तथ्याङ्कले बुधबार देखाएको छ। युनएचसिआर संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीले बताएको जनाएअनुसार ४, ०१९, २८७ युक्रेनीहरू गत फेब्रुअरी २४ को आक्रमण पछि देशको सिमाना पार गरी भागेका थिए । ती मध्ये २३ लाखभन्दा बढी पश्चिमबाट पोल्याण्ड गएका थिए। रासस÷एएफपी
भण्डारा अस्पतालको निर्माण कार्य तीव्र गतिमा

राप्ती,१६ चैत । चितवनको राप्ती नगरपालिकामा १० बेडको अस्पताल बनाउने कार्य तीव्र गतिमा अगाडि बढेको छ । २ बर्षमा निर्माण कार्य सकाउने गरि गरिएको अस्पतालको निर्माण कार्य लगभग एक वर्ष पछि मात्रै सुरु गरिएको थियो । अहिले निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ । निर्माणाधीन अस्पतालको अहिले डिपिसी र पिल्लर उठाउने कार्य भइरहेको छ […]
नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भए : अध्यक्ष दाहाल

भरतपुर, १६ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भएको बताएका छन् । नारायणी नदी नियन्त्रण आयोजनाको शिलान्यास समारोहमा बोल्दै उनले नदी कटानको समस्या र नागरिकले भोग्नुपरेको पीडा अब अन्त्य भएको बताएका हुन् । आफूले पहिलो पटक प्रधानमन्त्री हुँदा ल्याएको जनता तटबन्धन कार्यक्रम […]
पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण

भरतपुर, १६ चैत । चितवनका पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । पत्रकार महासंघको ६७ औँ स्थापना दिवस र भरतपुर अस्पतालको ५९ औँ वार्षिकोत्सवको अवसरमा स्वास्थ्य परीक्षण गरिएको हो । नेपाल पत्रकार महासंघ चितवन शाखाको आयोजना, भरतपुर अस्पतालको प्राविधिक सहयोग र नेपाल औषधि व्यवसायी संघ चितवनको सहकार्यमा कार्यक्रम भएको हो । गत सोमबार १६६ जना […]
चितवनमा ५० वर्षलाई धान्ने भौतिक पूर्वाधारका योजना बनाउन कुलमानलाई प्रचण्डको आग्रह

भरतपुर,१६ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको जीविकोपार्जन नै बिजुली हुने बताएका छन् । राप्ती नगरपालिकामा निर्माण भएको १३२/३३/११ केभी हर्दी विद्युत् सवस्टेसनको आज उद्घाटन गर्दै उनले ऊर्जा उत्पादनको क्षेत्रले क्रान्तिकारी छलाङ मारिरहेको बताए। माओवादी केन्द्रकै नेतृत्वमा नेपाल लोडसेडिङको कहाँलिलाग्दो अवस्थाबाट मुक्त भएको जिकिर गर्दै उनले यसलाई सरकारले ऊर्जाखानीका […]
साहित्यकार एलबी क्षेत्रीद्वारा भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानको सदस्य पद अस्वीकार

भरतपुर, १६ चैत । कवि एवम् साहित्यकार एलबी क्षेत्रीले हालै गठन भएको भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानको सदस्यमा आफू नरहने बताएका छन् । भरतपुर महानगरपालिकाले भाषा, साहित्य, कला, संस्कृतिको उत्थान र श्रीवृद्धिको लागि गत चैत ७ गते प्रज्ञा प्रतिष्ठान गठन गरेको हो । मंगलबार प्राज्ञहरूलाई सपथ ग्रहणको कार्यक्रम राखिएकोमा सदस्यमा नियुक्ति पाएका एलबी क्षेत्री उक्त कार्यक्रममा […]
पाँच दलीय गठबन्धन एक/एक किलाका ढक हुन्, एमाले क्विन्टलको ढक होः ओली

काठमाडौँ,१६ चैत। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै लड्न नसकिने सत्तारुढ दलको बुझाइ ठीक रहेको बताएका छन् । बुधबार भक्तपुरमा सूर्यविनायक हरित कृषि थोक बजारको उद्घाटन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन गरे पनि एमालेसँग भिड्न उनीहरूलाई सहज नहुने दाबी गरेका हुन् । ‘पाँच दलीय गठबन्धन एक/एक किलाका ढक हुन् […]
चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ, १६ चैत । आगामी तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावका साथै स्थानीय वायुको प्रभावका कारण आगामी तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही […]
भरतपुरको मेयरमा हाम्रो पार्टीको दाबी छ: प्रचण्ड

भरतपुर,१६ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा आफ्नो पार्टीको दाबी रहने बताएका छन् । बुधबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले महानगर र उपमहानगरमा सकेसम्म केन्द्रबाट नै तालमेलको निर्णय गर्ने भन्ने भएकाले त्यही अनुसार निर्णय हुने बताए । ‘भोलि गठबन्धनको बैठक […]
२०७८ चैत १६ गते बुधवारको कायाकैरन दैनिक( E-paper)
सरिता गिरीको मुद्दा संवैधानिक इजलासमा

काठमाडौँ, १६ चैत । जनता समाजवादी पार्टीकी पदमुक्त सांसद सरिता गिरीले दायर गरेको रिटको सुनुवाइ बुधबार संवैधानिक इजलासमा हुँदैछ । कायममुकाम प्रधानन्यायाधीश दीपककुमार कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र डा आनन्दमोहन भट्टराई छन् । संघीय संसद सचिवालयले गैरकानुनी रूपमा सांसद पदबाट निष्कासन गरेको भन्दै गिरी २८ असार २०७७ मा […]
महानगर प्रज्ञा-प्रतिष्ठानका पदाधिकारीले लिए सपथ

भरतपुर, १६ चैत । भरतपुर महानगरका साहित्यकारहरुले महानगर प्रमुख रेनु दाहाल सहित यहाँका जनप्रतिनिधिको कामको प्रशंसा गरेका छन् । जिल्लामा नाम चलेका प्रतिष्ठित साहित्यकारहरुले महानगर प्रमुख रेनु दाहालको नेतृत्वको उपप्रमुख सहितको टिमको खुलेर चर्चा गरे । मंगलबार महानगरमा आयोजित प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूलाई सपथ कार्यक्रममा बोल्ने सबै जसो साहित्यकारहरुले वर्तमान महानगरको नेतृत्वकैै कारण महानगरको चौतर्फी विकास […]
सुकुम्बासी बस्तीमा अमानवीय घटना

राज्यबाट कहिलेकाहीँ जनतामाथि अमानवीय र बर्बर घटना हुने क्रम अझै रोकिएको छैन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडी–९, कुसुमखोलामा नयाँ घर बनाएर बसोबास गरेका चेपाङका घरमा आगजनी गरेको घटना त्यस्तै अमानवीय र बर्बर छ । निकुञ्जको कोर इलाका अतिक्रमण गरेको आरोपमा घरमा आगजनी गरिनु आपत्तिजनक र अमानवीय छ । निकुञ्जका जिम्मेवार कर्मचारीको नेतृत्वमा गएको टोलीले […]