तेस्रो अन्तर्राष्ट्रिय चितवन भेटेरान कप चैत १९ गतेदेखि

भरतपुर, १६ चैत ।
स्वर्गीय दीलिप राणा स्मृति तेस्रो अन्तर्राष्ट्रिय भेटेरान कप फुटबल चैत १९ गतेदेखि हुने भएको छ । चितवन भेटेरान फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिता भरतपुर- ७ स्थित कृष्णपुर रंगशालामा २४ गतेसम्म चल्नेछ ।

क्लबले यसपटक स्व. राणा स्मृतिको नाममा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा नेपाल र भारतका १६ क्लब सहभागी हुनेछन् । सहभागी टिमलाई दुई समूहमा बिभाजन गरिएको छ ।

समूह एु मा चितवन भेटेरान रातो, कैलाली भेटेरान, वौद्ध भेटेरान फुटबल क्लब काठमाडौं, सिमरा भेटेरान, ठमेल ११ भेटेरान काठमाडौं, अभिषेक चर्च रजहर, एनआरटी काठमाडौं र हेटौंडा भेटेरान रहेका छन् ।

समूह बि मा साबिक विजेता काल भैरव भेटेरान हेटौंडासहित फ्रीडम फाइटर भेटेरान काठमाडौं, बगरभाइ खलक भेटेरान पोखरा, कलकत्ता भेटेरान भारत, सानो गौचरन भेटेरान काठमाडौं, बुटवल उपमहानगरपालिका भेटेरान, चितवन भेटेरान निलो र नवलपुर भेटेरान रहेका छन् ।

प्रतियोगिता यसपटक नाइन ए साइड हुनेछ । हरेक दिन बिहान २ र दिउँसो २ गरी चार खेल हुनेछ । उद्घाटनको दिन भने एक खेल मात्र हुनेछ । उद्घाटन खेल काल भैरव हेटौंडा र फ्रीडम फाइटर काठमाडौंबीच दिउँसो ३ बजे हुनेछ ।

विजेताले एक लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्ने क्लबका अध्यक्ष रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगिताभरको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्ताले पाँचपाँच हजार प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचले तीन–तीन हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न ११ लाख खर्च हुने संयोजक भरत सुवेदीले जानकारी दिए । किया मोटर्स प्रतियोगिताको मुख्य प्रायोजक हो भने भरतपुर महानगरपालिका सह आयोजक हो। गत वर्ष नै हुनुपर्ने प्रतियोगिता कोभिडका कारण यस वर्ष आयोजना गरिएको हो । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको सुवेदीले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट