वैवाहिक वार्षिकोत्सवमा पत्रकार कल्याणकारी अक्षयकोषलाई सहयोग

भरतपुर, ७ वैशाख ।
नेपाल पत्रकार महासंघ चितवन शाखाले स्थापना गरेको पत्रकार कल्याणकारी अक्षयकोषका लागि महासंघका कार्यसमिति सदस्य रोहिणी त्रिपाठीले रु १०,००० (दश हजार रुपैयाँ) सहयोग प्रदान गर्नुभएको छ ।

त्रिपाठीले आफ्नो वैवाहिक वार्षिकोत्सवको अवसर पारेर उक्त रकम अक्षयकोषलाई उपलब्ध गराउनुभएको हो । उहाँको यस सहयोगी कदमप्रति अक्षयकोषले आभार व्यक्त गर्दै यस्ता योगदानले पत्रकारहरूको हित र कल्याणमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।

महासंघ चितवन शाखाका अध्यक्ष वसन्त पराजुलीले सहयोगका लागि धन्यवाद दिँदै त्रिपाठीको सुख, समृद्धि र निरन्तर सफलताको कामना गर्नुभएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट