चार जना स्रष्टालाई दिइयो ‘वानीरा पुरस्कार’

काठमाडौं, ७ वैशाख । वानीरा फाउन्डेसनका संरक्षक इन्जिनियर शङ्कर गिरिले राजधानी काठमाडौँमा स्थापित वानीरा सभागृहमा सोमबार एक समारोहमाझ ‘नेपाली भाषासाहित्यको सिर्जनामा साढे सात दशकदेखि निरन्तर साधनारत एवम् नेपाली भाषाको श्रीवृद्धिका लागि समेत समर्पित श्री माधव खनाल ‘भावुक’लाई २०८२ सालको ‘वानीरा प्रज्ञा पुरस्कार’ समर्पण गर्नुभयो । समारोहमा ई.गिरिले ‘आफ्नै स्रोत र साधनबाट विगत चार दशकअघिदेखि कम्प्युटरमा […]

वैवाहिक वार्षिकोत्सवमा पत्रकार कल्याणकारी अक्षयकोषलाई सहयोग

भरतपुर, ७ वैशाख । नेपाल पत्रकार महासंघ चितवन शाखाले स्थापना गरेको पत्रकार कल्याणकारी अक्षयकोषका लागि महासंघका कार्यसमिति सदस्य रोहिणी त्रिपाठीले रु १०,००० (दश हजार रुपैयाँ) सहयोग प्रदान गर्नुभएको छ । त्रिपाठीले आफ्नो वैवाहिक वार्षिकोत्सवको अवसर पारेर उक्त रकम अक्षयकोषलाई उपलब्ध गराउनुभएको हो । उहाँको यस सहयोगी कदमप्रति अक्षयकोषले आभार व्यक्त गर्दै यस्ता योगदानले पत्रकारहरूको हित […]

गृहमन्त्री सुधन गुरुङद्वारा सेयर विवरण नलुकाएको र सम्पत्ति विवरणमै उल्लेख भएको दाबी

काठमाडौँ, ७ वैशाख । गृहमन्त्री सुधन गुरुङले आफूसँग भएको स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको विवरण सम्पत्ति विवरणमै उल्लेख गरेको दाबी गरेका छन् । सम्पत्ति शुद्धीकरणका अभियुक्त दीपक भट्ट लगायतसँग व्यावसायिक साझेदार भएको भेटिएपछि विवादमा तानिएका सुधनले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै कुनै पनि सेयर तथा सम्पत्ति नलुकाएको दाबी गरेका हुन् । उनले मन्त्रिपरिषद्को […]

बागमतीका विभिन्न घटनामा ७ जनाको मृत्यु

मकवानपुर, ७ वैशाख । बागमती प्रदेशका ५ जिल्लाका विभिन्न घटनामा ७ जनाकाे मृत्यु भएकाे छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार चितवनकाे राप्ती नगरपालिका १० मा ५६ वर्षीय राम बहादुर घलान रुखबाट लडी मृत्यु भएकाे छ भने भरतपुर महानगरपालिका १४ मा १ वर्षीय बालिका बाल्टीकाे पानीमा डुबेर मृत्यु भएकाे छ । यसैगरी रामेछाप नगरपालिका […]

वैशाख शुक्ल तृतीया : आज अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौँ, ७ वैशाख । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ ।शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजा सामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् […]

गैंडाकोटमा सांसदसँग छलफल कार्यक्रम सम्पन्न

गैंडाकोट, ७ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी गैंडाकोट–२ को आयोजनामा नवलपुर क्षेत्र नं. १ का सांसद राजन गौतमको उपस्थितिमा “सांसदसँग छलफल” कार्यक्रम एस.पी.एम. टोलमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागी मतदाताहरूले भृकुटी कागज कारखानाको समस्या समाधान, सुकुम्बासी व्यवस्थापन, नारायणी नदी क्षेत्रको सीमांकन तथा कृषकहरूले भोगिरहेका विविध समस्याबारे आफ्नो चासो राखेका थिए । उक्त कार्यक्रममा जिल्ला […]

देवघाटधामका धर्मशाला अव्यवस्थित, व्यवस्थापनमा ध्यान दिन श्याम पौडेलको आग्रह

चितवन, ७ वैशाख । पवित्र तीर्थस्थल देवघाटधामका केही धर्मशालाहरू अव्यवस्थित र लथालिङ्ग बन्दै गएको भन्दै विश्व हिन्दु युवा संघ चितवन तथा जय सनातन अभियानका अध्यक्ष श्याम पौडेलले चिन्ता व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उहाँले धर्मशालाहरूको सदुपयोग र प्रभावकारी व्यवस्थापन हुन नसकेको बताउनुभयो । तीर्थयात्री तथा भक्तजनलाई सेवा दिन निर्माण गरिएका […]