बागमतीका विभिन्न घटनामा ७ जनाको मृत्यु

मकवानपुर, ७ वैशाख ।

बागमती प्रदेशका ५ जिल्लाका विभिन्न घटनामा ७ जनाकाे मृत्यु भएकाे छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार चितवनकाे राप्ती नगरपालिका १० मा ५६ वर्षीय राम बहादुर घलान रुखबाट लडी मृत्यु भएकाे छ भने भरतपुर महानगरपालिका १४ मा १ वर्षीय बालिका बाल्टीकाे पानीमा डुबेर मृत्यु भएकाे छ ।

यसैगरी रामेछाप नगरपालिका ४ मा १० वर्षीय बालिकाकाे बारीमा बाख्रा चराउने क्रममा लडी मृत्यु भएकाे छ भने रामेछाप उमाकुण्ड गाउँपालिका ४ हुगाँमा एक बालिकाकाे चट्याङले लागेर मृत्यु भएकाे छ । मकवापुरकाे थाहा नगरपालिकामा खाेलामा डुबेर ७ वर्षीय बालिका  मृत्यु भएकाे छ भने धादिङ निलकण्ठ नगरपालिका  साङकोष आपसरामा ५९ वर्षीय फुलमाया नेपालीकाे आँगनमा लडी मृत्यु भएकाे छ । यस्तै नुवाकोटकाे लिखु गाउँपालिका ३ भलादमी डाँडामा ५५ वर्षीय सुब्बा राई आँगनमा लडी मृत्यु भएकाे छ ।

चितवनकाे राप्ती नगरपालिका १० थामटार बस्ने ५६ वर्षीय राम बहादुर घलानले सत्यदेवी सामुदायिक वनमा डुम्रीको रुखबाट घाँस काट्ने क्रममा लडी घाइते भएकाेमा उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर ल्याइएकाेमा डाक्टरले मृत घोषणा गरेको प्रदेश प्रहरीले जानकारी दिएकाे छ । पोष्ट मार्टम पश्चात शब मृतकको छोरा पर्वत घलानले बुझिलिएका बताइएकाे छ । यसैगरी भरतपुर महानगरपालिका १४ प्रगति टोल बस्ने शिव बहादुर वि.क. की छोरी १ वर्षीय समृद्धि वि.क. घरमा रहेको पानीको बाल्टिमा डुबेकाेमा आमाले देखि उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर ल्याएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए ।

रामेछाप उमाकुण्ड -४ हुगाँ बस्ने सोम बहादुर तामाङको छोरी ९ वर्षीय सुनमाया तामाङ करेसाबारीमा खेलीरहेको अवस्थामा पानीसँगै परेको चट्याङ लागि घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । यस्तै रामेछाप नगरपालिका ४ का हिमगंगा बस्ने गणेश श्रेष्टको छोरी १० वर्षीय मनिषा श्रेष्ठ बारीमा बाख्रा चराउने क्रममा डिलबाट ७ मिटर तल खस्दा घाईते भई उपचारको लागि जिल्ला अस्पताल रामेछाप ल्याइएकाे थियाे । उनकाे उपचारकाे क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

थाहा नगरपालिका ६ बज्रबाराहीमा लिफ्टिङ सिंचाईको काम गरी बस्ने बिकाश लिम्बुको छोरी ७ वर्षीय युनिसा राई बाराहीखोलामा डुबेकी थिइन् । उनलाई उपचारको लागि पालुङ स्वास्थ्य केन्द्रमा ल्याएकोमा उपचारको क्रममा बेलुका डाक्टरले मृत घोषणा गरेकाे प्रहरीले जनाएकाे छ । बिकास लिम्बु ताप्लेजुङ फुङ्लिङ नगरपालिका ६ घर भई मकवानपुरकाे थाहा नगरपालिका ६ बज्रबाराहीमा लिफ्टिङ सिंचाईको काम गरी बस्दै आएकाे बताइएकाे छ ।

प्रदेश प्रहरीका अनुसार धादिङ निलकण्ठ १२ साङकोष आपसरा बस्ने जगत बहादुर नेपालीको श्रीमती ५९ वर्षीय  फुलमाया नेपाली आँगनमा लडी घाइते भएकाेमा उपचारको लागि ट्रमा सेन्टर काठमाडौ हुँदै जिल्ला अस्पताल धादिङबेशी ल्याइएकाेमा उपचारकाे क्रममा मृत्यु भएको । यसैगरी नुवाकोट लिखु ३ भलादमी डाँडा बस्ने ५५ वर्षीय सुब्बा राईकाे आँगनबाट लडि मृत्यु भएकाे छ । मृतककाे मुचुल्का पश्चात त्रिशुली अस्पतालमा ल्याई राखिएको प्रहरीले जनाएकाे छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट