गैंडाकोट, ७ वैशाख ।
राष्ट्रिय स्वतन्त्र पार्टी गैंडाकोट–२ को आयोजनामा नवलपुर क्षेत्र नं. १ का सांसद राजन गौतमको उपस्थितिमा “सांसदसँग छलफल” कार्यक्रम एस.पी.एम. टोलमा सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागी मतदाताहरूले भृकुटी कागज कारखानाको समस्या समाधान, सुकुम्बासी व्यवस्थापन, नारायणी नदी क्षेत्रको सीमांकन तथा कृषकहरूले भोगिरहेका विविध समस्याबारे आफ्नो चासो राखेका थिए ।
उक्त कार्यक्रममा जिल्ला सभापति नरिश्वर लामिछाने र जिल्ला सदस्य हरि अधिकारीको उपस्थिति रहेको थियो । साथै गैंडाकोट–२ का मतदाताहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा वडा सभापति शिव लम्सालले सहजीकरण गर्नुभएको थियो ।




