भरतपुर,१६ चैत ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा आफ्नो पार्टीको दाबी रहने बताएका छन् ।
बुधबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले महानगर र उपमहानगरमा सकेसम्म केन्द्रबाट नै तालमेलको निर्णय गर्ने भन्ने भएकाले त्यही अनुसार निर्णय हुने बताए ।
‘भोलि गठबन्धनको बैठक बस्दैछ । त्यसैले सबै महानगर र उपमहानगरपालिकाबारे निर्णय गर्नेछ,’ उनले भने । कांग्रेस केन्द्रीय समितिको निर्णयले स्थानीय चुनावमा गठबन्धन कायम रहने पक्का भएको उनले बताए ।
ुगठबन्धन के होला, कसरी अगाडि बढ्ला रु भन्ने सबैमा थियो । कांग्रेसको निर्णयले सबैको कौतुहलता समाप्त भएको छ,’ प्रचण्डले भने । प्रचण्डले देशभरका स्थानीय तहमा आवश्यकता अनुसार तालमेल हुने पनि बताए ।





