चितवनमा बसले मोटरसाइकललाई ठक्करदिँदा श्रीमानश्रीमतीको मृत्यु

रत्ननगर, १६ चैत ।
रत्ननगर नगरपालिका- १० भानुचोकमा बुधबार साँझ भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख १९० नम्बरको नारायणी यातायातको बसले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश ०३- ००२ प १८९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलका चालक रत्ननगर नगरपालिका- २ का ५५ वर्षीय निरञ्जन श्रेष्ठ र पछाडी सवार उनकी श्रीमती ५० वर्षीया नयनतारा गम्भीर घाईते भएका थिए ।

उनीहरु दुबैजनाको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट