काेलकातालाई हराउँदै चेन्‍नईले जित्याे आइपीएलकाे उपाधि

भरतपुर, २९ असोज । चेन्नई सुपर किङ्सले चाैथोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । शुक्रबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले हराउँदै चेन्नईले चौथोपटक आईपीएलको उपाधि जितेको हो । फाइनल खेलमा चेन्नई सुपर किङ्सले दिएको १९३ रनको लक्ष्य कोलकाता नाइट राइडर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन […]

भारतको न्यून चापीय र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव, नेपालमा पुनः वर्षा

भरतपुर, २९ असोज । भारतको आन्ध्र प्रदेश तथा ओडीसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले शनिवारबाट नेपालमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबारदेखि केही दिन देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानहरूमा हल्का देखि मध्यम वर्षा र केही स्थानहरूमा मेघ […]

लोप हुँदैछ पिङ

दमौली, २९ असोज । रासस वर्षमा एकदिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता छ । गाउँघरमा वर्षमा एक पटक भएपनि दसैँमा टीका लगाएपछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन कायमै छ । विशेषगरी दसैंको बेलामा पिङको छुट्टै महत्व हुन्छ । विगतका वर्षहरुमा दमौली सदरमुकाममा पनि पिङ हाल्ने प्रचलन थियो । दसैँ मनाउन गाउँ गएकाहरुले पनि गाउँमा पिङ […]

अफगानिस्तानको मस्जिदमा विष्फोट हुँदा ३७ जनाको मृत्यु

भरतपुर, २९ असोज । अफगानिस्तानमा एक मस्जिदमा आक्रमण हुँदा ३७ जनाको मृत्यु भएको छ । दक्षिणी क्षेत्रमा रहेको कान्दाहर सहरको मस्जिदमा बम विष्फोट हुँदा ३७ जनाको मृत्यु भएको बीबीसीले जनाएकाे छ । विष्फोटमा ७० जना घाइते भएका छन् । विष्फोट कान्दाहारको इमाम बारगाह मस्जिदमा भएको हो। विष्फोट कसले गराएको हो भन्ने खुलेको छैन ।

क्रिकेटर विनोद भण्डारीले गरे विवाह

भरतपुर, २९ असोज । क्रिकेटर विनोद भण्डारीले विवाह गरेका छन् । विजया दशमीको दिन आज उनले सञ्चारकर्मी सोनिका अर्यालसँग विवाह गरेका हुन् । उनीहरूले यसअघि गत असोज ६ मा इन्गेजमेन्ट गरेका थिए । राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य विकेट किपर ब्याटसम्यान हुन् । आक्रामक ब्याटिङका लागि चिनिने उनी त्रिभुवन आर्मी क्लबका कप्तान समेत हुन् ।

प्रथम राष्ट्रपति डा. यादव र पूर्वराजा शाहबाट टीका ग्रहण

काठमाडौँ, २९ असोज । संघीय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गृहनगर जनकपुरधामस्थित सपही गाउँमा गुरु पुरोहितबाट बिहान १०ः०२ बजेको साइतमा टीका ग्रहण गरेका हुन् । बडादशैँ मनाउन गृहनगर पुग्नुभएका प्रथम राष्ट्रपति यादवले नेपाल र नेपालीको सुखशान्तिको कामना गर्दै दुर्गा भवानीको पूजा आराधना पनि गरेका उनको सचिवालयले जनाएको छ । यसैगरी पूर्वराजा ज्ञानेन्द्र शाहले […]

साहराको घरका बालिकाहरूले मनाए दशैँ

भरतपुर, २९ असोज । भरतपुरस्थित साहराको घरमा आश्रय लिएर बसेका बालिकाहरूले दशैँ मनाएका छन् । भरतपुर- ४ लंकु धारापानीमा रहेको द ग्रिन पार्क रेस्टुरेन्टमा उनीहरूलाई दशैँ मनाउने व्यवस्था मिलाइएको हो । गैंडाकोट निवासी सुनिल पाण्डेको सहयोगमा बालिकाहरूलाई दशैँ मनाउने व्यवस्था मिलाइएको रेस्टुरेन्टका संचालक जोन कँडेलले बताए । बालिकाहरूलाई टीका, जमरा लगाएर भोजन पनि गराइएको कँडेलले […]

नाइजेरियामा सेनाको कारबाहीमा २५० जना बन्दुकधारी मारिए

अबुजा, २९ असोज । रासस नाइजेरियाको सेनाले बिहीबार दिएको जानकारी अनुसार सेप्टेम्बर महिनायता करिब २५० जना हतियारधारी मारिएका छन् । सेप्टेम्बर महिनायता कम्तीमा पनि २५० जना बन्दुकधारीहरु सेनाको कारबाहीमा परी मारिएका छन् । जनाइएअनुसार गएको सेप्टेम्बर महिना यतादेखि बिहीबारसम्मा कम्तीमा पनि २५० जना मारिएका हुन् । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा ती हतियारधारीहरु मारिएका पनि सो समाचारमा […]

सार्वजनिकस्थलमा मालसामान नराख्न आग्रह

रसुवा, २९ असोज ।रासस                    सर्वसाधारणलाई प्रतिकूल असर पार्ने कुनै पनि उपकरण वा निर्माण सामग्री सडक तथा सार्वजनिकस्थलमा नराख्न आग्रह गरिएको छ । चीनसँगको व्यापार व्यवसाय अभिवृद्धि गर्ने अन्तरराष्ट्रिय राजमार्गसमेत भएका कारण भइराखेको संरचनामा अवरोधरहित बनाई सम्भाबित जोखिम न्यूनीकरण गर्नाका लागि जिल्ला प्रहरी कार्यालय रसुवाले यस्तो आग्रह […]

अमेरिकी राजदूत बेरीले लगाए दशैँको टीका

काठमाडौं, २९ असोज । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले दशैँको टीका ग्रहण गरेका छन् । उनले महाराजगञ्जस्थित अमेरिकी दूतावासमा टीका ग्रहण गरेका हुन् । राजदूत बेरीले दूतावासमा मान्यजनबाट टीका तथा जमरा ग्रहण गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् । आफूले टीका ग्रहण गरेपछि उनले बालबालिका तथा अन्य व्यक्तिलाई पनि टीका लगाइदिएका छन् । […]

बाबुराम भट्टराईद्वारा ९२ वर्षका बुबाबाट टीका ग्रहण

भरतपुर, २९ असोज । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईले विजया दशमीको टीका लगाउनुभएको छ । उहाँले ९२ वर्षका बुबा भोजप्रसाद भट्टराईबाट टीका लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको छ । भट्टराईसहित स–परिवारले टीका जमरा ग्रहण गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाबाट विजयादशमीको टीका ग्रहण

काठमाडौं, २९ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले विजयादशमीका अवसरमा गुरु टीकाराम घिमिरेबाट आज टीका ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान १० बजेर २ मिनेटको शुभसाइतमा प्रधानमन्त्री देउवाले टीका, जमरा र प्रसाद ग्रहण गर्नुभएको हो । त्यस अवसरमा प्रधानमन्त्री देउवाले प्रथम महिला डा. आरजु देउवा र छोरा जयवीर देउवालाई दशैँको टीका लगाइदिनुभयो । […]

राष्ट्रपतिबाट विजयादशमीको टीका ग्रहण

काठमाडौं, २९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आमाबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गर्नुभएको हो । त्यसैगरी राष्ट्रपति भण्डारीले शुक्रबार हनुमान ढोकाका मूल पूजारी देवराज अर्यालबाट पनि टीका ग्रहण […]

अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना

भरतपुर, २९ असोज । अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना भएका छन् । क्यालिफोर्नियास्थित एक अस्पतालमा उपचारका लागि क्लिन्टनलाई दुई दिनअघि भर्ना गराइएको उनका प्रवक्ता एन्जेल उरेनियाले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ । क्लिन्टनलाई यूसी इरविन मेडिकल सेन्टरमा भर्ना गरिएको छ । अहिले उनको अवस्थामा सुधार आएको बताइएको छ । क्लिन्टनलाई के समस्या […]

टीका लगाउँदा कोरोना नसरोस् भनेर यी कुरामा ख्याल गरौँ

हाम्रा दुईवटा शक्ति छन् । दृष्य शक्ति र अदृश्य शक्ति । त्यो भनेको अदृश्य शत्रु हो । मान्यजनको आशीर्वचनमा ‘शत्रु क्षयं राघवे’ भनेको हाम्रा दृश्य तथा अदृश्य शत्रुहरु जसरी भगवान रामचन्द्रका नाश भएका थिए, यो पापी कोरोना पनि स्वतः भाग्छ देवीको प्रसादले । तर, एउटा कुरा के याद गर्नुपर्छ भने टाढा टाढा हाम्रो हात पुगिरहेको […]

गुल्मीमा जीप दुर्घटना : तीन जनाकाे ज्यान गयाे, चार गम्भीर घाइते

भरतपुर, २९ असोज । गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाकाे ज्यान गएकाे छ । बुटवलबाट तम्घास जाँदे गरेको लु१ज ४४९० नम्बरको जीप रेसुंगा नगरपालिकास्थित छहरा भन्ने ठाउँमा दुर्घटना हुँदा तीन जनाकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ । दुर्घटनामा परेर गुल्मी मुसिकोट नगरपालिकाका ७० वर्षीया क्षेत्रबहादुर थापा, ४६ वर्षीया राधिका थापा र १० […]

आज विश्व हात धुने दिवस मनाइँदै

भरतपुर, २९ असोज । आज विश्व हात धुने दिवस । `हाम्रो भविष्य हाम्रै हातमा छ अगाडि बढौँ´ भन्ने नाराका साथ मनाइँदैछ । दिवसका अवसरमा नेपालमा पनि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले सरसफाइ तथा स्वच्छता सम्बन्धी चेतनामूलक कार्यक्रम गर्दै आएका छन् । हातको स्वच्छताले सम्पूर्ण शरीर नै स्वच्छ र स्वस्थ बनाउने भन्दै सन् २००८ देखि प्रत्येक […]

दशैँले नेपालीको मुहारमा खुसी ल्याउन सकोस् : प्रधानमन्त्री देउवा

काठमाडौं, २९ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैँलगायतका सांस्कृतिक पर्वहरूले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्‍याउँदै आएको बताएका छन् । बडादशैँको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले विविधतायुक्त विशेषताबीचको एकता हाम्रो मौलिक पहिचान भएकाले सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताको संरक्षण र विकास गर्नु साझा […]

दशैंको टीका : कुन देशमा कति बजे उत्तम साइत ?

भरतपुर, २९ असोज । आज बडादशैंको मुख्य दिन अर्थात् विजया दशमी विभिन्न देशमा बसोबास गर्ने नेपालीहरूले मान्यजनहरूबाट टीका र जमरा थापेर आशीर्वाद लिँदै मनाइन्छ । नेपालबाहिर बसोबास गर्ने नेपालीहरूका लागि अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित […]

आज विजयादशमी, टीका थाप्ने उत्तम साइत बिहान १०ः०२ बजे

काठमाडौँ, २९ असोज । नेपालीहरूको महान् चाड बडादशैँको दसौँ अर्थात् मुख्य दिन आज शुक्रबार आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए । विजयादशमीका दिन […]

दशैंले उत्साह, उमंग र सकारात्मक ऊर्जा थप्ने छ : राष्ट्रपति भण्डारी

काठमाडौं, २९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैं २०७८ का अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धिका साथै सबैमा नयाँ उत्साह, उमंग र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले कोभिड–१९ महामारीको सङ्क्रमणबाट जोगिन नेपाल सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डको पालना गर्दै होसियारीपूर्वक दशैं पर्व मनाउनका लागि […]