काेलकातालाई हराउँदै चेन्‍नईले जित्याे आइपीएलकाे उपाधि

भरतपुर, २९ असोज ।
चेन्नई सुपर किङ्सले चाैथोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । शुक्रबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले हराउँदै चेन्नईले चौथोपटक आईपीएलको उपाधि जितेको हो ।

फाइनल खेलमा चेन्नई सुपर किङ्सले दिएको १९३ रनको लक्ष्य कोलकाता नाइट राइडर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन मात्र बनायो ।

कोलकाताका लागि शुभमन गिल र भेन्केटस यैरले अर्धशतकीय पारी खेले । ४३ बल खेलेका गिलले ६ चौका प्रहार गर्दै ५१ रब नाए । त्यस्तै ३२ बल खेलेका यैरले ५ चौका र ३ छक्का प्रहार गर्दै ५० रन बनाए । कोलकाताका लागि शिभम माभीले २० रन बनाउँदा लकी फग्युसनले १८ रन बनाए ।

बलिङतर्फ चेन्नईका लागि शार्दुल ढाकुरले तीन विकेट लिँदा जस हेजलहुडेले दुई विकेट लिए । त्यस्तै दीपक चहर र डोइन ब्राभोले एक-एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १९२ रन बनाएको थियो ।

चेन्नईका लागि फाफ डू प्लेसिसले ८६ रनको अर्धशतकीय परी खेले । ५९ बल खलेका उनले ७ चौका र ३ छक्का प्रहार गरे ।
त्यस्तै मोहिन अलीले ३७ रन बनाउँदा रुतुराज गाइक्वाडले ३२ र रोविन उथपाले ३१ रनको योगदान गरे ।

बलिङतर्फ कोलकाताका लागि सुनिल नारायणले दुई विकेट लिए । त्यस्तै शिभम् माभीले एक विकेट लिए ।

चेन्नईले अन्तिमपटक सन् २०१८ मा आईपीएलको उपाधि जितेको थियो । त्यसअघि चेन्नईले सन् २०१० र २०११ को सिजन लगातार दुईपटक आईपीएलको उपाधि जितेको थियो ।

यता कोलकाता तेस्रो पटक उपाधि जित्ने योजनाबाट चुक्यो ।

कोलकाताले अन्तिमपटक सन् २०१४ मा आईपीएलको उपाधि जितेको थियो । त्यसअघि सन् २०१२ मा कोलकाताले आईपीएलको उपाधि चुम्न सफल भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट