दशैंको टीका : कुन देशमा कति बजे उत्तम साइत ?

भरतपुर, २९ असोज ।
आज बडादशैंको मुख्य दिन अर्थात् विजया दशमी विभिन्न देशमा बसोबास गर्ने नेपालीहरूले मान्यजनहरूबाट टीका र जमरा थापेर आशीर्वाद लिँदै मनाइन्छ ।

नेपालबाहिर बसोबास गर्ने नेपालीहरूका लागि अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित देशको ग्रहको दृष्टिअनुसार टीका लगाउने समय यकिन गरिएको बताए ।

समितिका अनुसार नेपालमा टीका लगाउने उत्तम साइत शुक्रबार बिहान १०:२ बजे रहेको छ । यस्तै‚ भारतको देहलीमा १५ अक्टोबरको दिन बिहान ९:५५ बजे उत्तर साइत रहेको छ ।

यस्तै‚ अमेरिकाको न्युयोर्कमा १५ अक्टोबरको दिन बिहान ९:२१ बजे‚ केन्टुकीमा १५ अक्टोबरको दिन बिहान ८:४५ बजे‚ टेक्सासमा १५ अक्टोबरको दिन बिहान ८:१५ बजे र क्यालिफोर्नियामा १५ अक्टोबरको दिन बिहान ७:१५ बजे उत्तम साइत रहेको छ ।

क्यानडाको टोरन्टोमा १५ अक्टोबरको दिन बिहान ८:३५ बजे‚ जापानको टोकियोमा १५ अक्टोबरको दिन बिहान ११:५ बजे उत्तम साइत रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

कुन देशमा कति बजे उत्तम साइत ?

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट