प्रथम राष्ट्रपति डा. यादव र पूर्वराजा शाहबाट टीका ग्रहण

काठमाडौँ, २९ असोज ।
संघीय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गृहनगर जनकपुरधामस्थित सपही गाउँमा गुरु पुरोहितबाट बिहान १०ः०२ बजेको साइतमा टीका ग्रहण गरेका हुन् ।

बडादशैँ मनाउन गृहनगर पुग्नुभएका प्रथम राष्ट्रपति यादवले नेपाल र नेपालीको सुखशान्तिको कामना गर्दै दुर्गा भवानीको पूजा आराधना पनि गरेका उनको सचिवालयले जनाएको छ ।

यसैगरी पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको बिहान १०ः०२ को शुभ साइतमा टीका, जमरा ग्रहण गरेका छन् । पूर्वराजा शाहले पूर्वनायब बडागुरुज्यू एवं समितिका पूर्व अध्यक्ष प्रा. डा. माधव भट्टराईलगायत गुरु पुरोहित र मान्यजनबाट नवदुर्गा भवानीको टीका, प्रसाद ग्रहण गरेका हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट